Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

कार्ल मार्क्सको जन्म जयन्ती पोखरामा एक कार्यक्रम गरेर मनाइयो

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। मे ५ का दिन महान दार्शनिक कार्ल मार्क्स जर्मनमा जन्मिएका थिए।मार्क्सको २०६ औं जन्मदिनका अवसरमा पोखरामा स्मरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा मुख्य वक्ता वरिष्ठ मार्क्सवादी चिन्तक रामराज रेग्मीले आफ्नो मनतब्यको क्रममा भने,’मार्क्सवाद जडसुत्रवाद होइन, यसलाई परस्कृत गर्दै लैजानु पर्दछ,समाजमा वर्ग संघर्ष रहेसम्म मार्क्सवादको सधै आवश्यकता रहन्छ।’

त्यसैगरी अर्का वक्ता विश्व सिग्देल,’आज कम्युनिष्टहरुबाट मार्क्सवादको क्षय भएको छ।’मार्क्सवाद सयौ वर्ष बाच्छ बाँचीरहनेछ किनभने आवाजविहिनहरुको आवाज नै मार्क्सवाद हो।’
कार्यक्रममा वक्ताकै रुपमा तारा भुषालले मार्क्सवाद समाज परिवर्तन मुख्य चुरो विषयको सारमा ब्याख्या गरे।प्रध्यापक राजेन्द्र पौडेलले,’मार्क्सवादलाई अतिवादमा बुझ्नु हुदैन,सिर्जनात्मक हुने नाम अतिवाद र अन्धानुकण गर्नुहुदैन।’

कार्यक्रममा किरण थापा अमोद,शिव बहादुर बराल,नारायण अधिकारी,टिकाराम पौडेल,हरि प्रसाद बस्ताकोटी,रेशम सापकोटा,अभिमन्यु पाण्डे,रेसम बहादुर केसी,लक्ष्मी परियार,दिनेस पौडेल लगायतले विषय राखेका थिए।
कार्यक्रमको संचालन  विपिन आचार्यले गरेका थिए भने स्वागत मन्तब्य किरण थापा अमोदले राखेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link