Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

अशोक राई नेतृत्वमा नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

अशोक राईको नयाँ पार्टीलाई बैधानिकता

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा विधिवत दर्ता भएको छ ।

आयोगको सोमबार बसेको बैठकले राई नेतृत्वको नयाँ दललाई सोमबार वैधता दिएको हो । आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले नयाँ दल दर्ता भएको जानकारी दिए । राईसहित ७ सांसदले आइतबार नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐन–२०७३, राजनीतिक दलसम्बन्धी नियमावली–२०७४ र प्रचलित संघीय कानून बमोजिमका कानूनी प्रावधानअनुसार नयाँ दल दर्ता भएको सहायक प्रवक्ता पाण्डेयले बताए ।

‘जनता समाजवादी पार्टी (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको छ,’ पाण्डेयले भने ।

उनका अनुसार नयाँ दलबारे आयोगले संघीय संसद सचिवालय, सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई विवरण लेखी पठाउने छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link