Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

वर्षाको कारण पर्वतका विभिन्न ठाउँमा क्षति

loading views..
Nepal Telcome

पर्वत।अबिरल वर्षाको कारण पर्वतका विभिन्न ठाउँमा क्षति भएका समाचारहरु प्राप्त भएका छन् । निरन्तरको अबिरल बर्षाका कारण कुश्मा २ सहस्रधारामा गएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

रातको समयमा आएको पहिरोका कारण सोही ठाउँमा सञ्चालन हुँदै आएको कालीगण्डकी रिभर रेष्टुरेन्ट समेत पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
उता कालीगण्डकी लोकमार्ग अन्तर्गतको मालढुंगा वेनी सडक पनि अबरुद्ध बनेको छ ।

बर्षातका कारण मोदी २ देउपुरमा ४ वटा घरहरु पुरिएको प्रहरी कार्यालयले जनाएको छ । यसैगरी कुश्मा १० पिपलटारीमा समेत एक घर पुरिएको जानकारी स्थानीयले जाजाकारी दिए। पहिरोका कारण मानवीय क्षतिको विवरण भने प्राप्त नभएको प्रहरीले बतायो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link