Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

अबिरल बर्षाको कारण काश्कीमा ११ जनाको मृत्यु

loading views..
Nepal Telcome

पोखरा। अबिरल वर्षाको कारण हिजो करिब १०:३०को समयमा पोखरा महानगरपालिका वडा नं.१९ तल्लाकोट टारी बस्ने कुल बहादुर परियारको टिनले छाएको घरममा अबिरल वर्षातको कारण घर पछाडिबाट पहिरो आएर पुरिएको अबस्थामा सार्दीखोला प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बल, नेपाली सेना समेतको उद्दार टोली खटिई गई खोज तथा उद्दार गर्दा घटनास्थलबाट मृतहरु कुलबहादुर परियार सहित ६ जना सदस्यको सब निकालिएको थियो भने, केही सदस्यको घाईते अवस्थामा उद्दार गरिएको कुरा प्रहरीले जनायो।
कुल बहादुर परियारको परिवारः-
मृतकः-
१. जिल्ला कास्की पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने वर्ष ४६ को कुल बहादुर परियार ।
२.ऐ.बस्ने निजको श्रीमती बर्ष ४३ की मनकुमारी परियार ।
३.ऐ. बस्ने निजको आमा वर्ष ८५ की लक्षीमा परियार ।
४.ऐ. बस्ने निजको छोरी बर्ष१५ की प्रशना परियार ।
५. जिल्ला चितवन घर भएको निजको छोरी वर्ष २० की प्रभा परियार ( बिबाहित- माईति आएको)
६. जिल्ला चितवन घर भएको निजको ज्वाई वर्ष २५ को अस्मित परियार (ससुराली आएको)
७. जिल्ला कास्की पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने वर्ष ५६ की राधिका परियार । (घटनास्थलमा उद्धार गर्ने क्रममा लडी मृत्यु)
घाईतेहरु
१.जिल्ला कास्की पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने वर्ष ३१ को कुमार परियार , बायाँ हातमा चोट, पश्चिम क्षेत्रिय अस्पतालमा उपचार पश्चात ऐ. ०५:३० बजे डिस्चार्ज भएको । (छिमेकी मृतक राधिका परियारको छोरा)
२.जिल्ला कास्की पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने वर्ष १७ को पवन परियार ढाडमा चोट, प.क्षे. अस्पतालमा उपचार पश्चात ऐ. ०५:३० बजे डिस्चार्ज भएको । (मृतक कुल ब. परियारको छोरा)

यसै गरेर पोखरा महानगरपालिका वडा नं. ३२ चैनपुर स्थित बाह्र बिसेमा आरती ओझाको राती २:२० बजे घरमा अबिरल बर्षाको कारण अचानक पछाडीबाट पहिरो आई घर पुरिएको र उद्दारको लागि ईलाका प्रहरी कार्यालय शिसुवाबाट प्रहरी टोली खटिई गइ खोज तथा उद्दार गरेको थियो। सो घटनामा परेर पोखरा महानगरपालिका वडा नं. ३२ चैनपुर स्थित बाह्रबिसेमा आरती ओझाको छोरी अनिता ओझा,अनुष्का ओझा र छोरा प्रतिक सुवेदी मृत अवस्थामा फेला परेका थिए।आमा आरती ओझाको पश्चिम क्षेत्रीय अस्पतालमा ल्याई उपचार हुँदै रहेको र उनको अवस्था सामान्य रहेको अस्पताल श्रोतले बतायो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link