Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाको महसुल नतिर्ने उद्योगीहरूलाई विद्युत् जोड्न दिएको निर्देशनप्रति आपत्ति

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युतका महसुल नतिर्ने उद्योगहरूमा विद्युत् जोड्न दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतका महसुल नतिर्ने उद्योगहरूमा विद्युत् जोड्न दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन् ।

उनले भने, कुनै चलखेल नगरी स्वतन्त्रतापूर्वक राज्यका अङ्गहरूले अध्ययन गरेर दिएका प्रतिवेदनको आधारमा डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता विवाद समाधान गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जङबहादुरको शैलीमा विद्युतको लाइन जोड्न आदेश दिएको देखिनछ ।’

उनले सरकार गठनबारे पनि प्रश्न गरेका छन् । यस्ता निर्देशनमा हेक्का राख्न समेत उनको सुझाव छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link