Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

सत्ताबाट अलगथलग भएपछि प्रचण्डले सडकमा पलेँटी कसेरै आन्दोलन गर्ने

loading views..
Nepal Telcome
नदीपुर दुध

बिगतमा आफू जादुमय तबरबाट पाँचै बर्ष प्रधानमन्त्री बन्ने उद्घोष गर्दै आएका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट बाहिरिएसँगै संविधानबाट जनताका अधिकार खोस्ने गरी कांग्रेस र एमालेले संविधान संशोधनको विषय अघि सारेको बताएका छन्।

पुष्पलालको जन्मशताब्दीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले देशका दुई ठूला दल जनताका अधिकार खोस्ने प्रयासमा रहेको बताएका हुन्।

तर, त्यस्तो हुन नदिने बताएका प्रचण्डले जरुरी परे फेरि सडकमा पलेँटी कसेरै भए पनि संविधान संशोधनका लागि हुने दुष्प्रयास रोक्ने धारणा व्यक्त गरे।

‘नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने दुस्साहस हुँदै छ,’ उनले भने, ‘संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा हामी पनि छौँ। तर, जनताले प्राप्त गरेका अधिकार खोस्न होइन, जनतालाई अझ अधिकार पुगेको छैन। त्यो अधिकार दिलाउने पक्षमा छौँ। जरुरी पर्छ भने सडकमा पलेँटी कसेर भए पनि, जनताको साथमा बसेर भए पनि तिनीहरूको दुष्प्रयास सफल दिँदैनौँ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link