स्याङ्जा। अर्जुन चौपारी गाउँपालिका सदरमुकाम वडाल नं १ मा रहेको एक मात्र सामुदायीक माध्यमिक बिद्यालय पञ्चकन्या माबि हो ।
५० बर्ष पहिला स्थापना भएको माबिलाई नमुना माबि बनाउन पछिल्लो एक बर्षबाट गाउँपालिका अग्रसर रहेको थियो ।
पछिल्लो क्रममा बिद्यालयमा देखिएको बिबादले बिद्यालयमा अध्यनरत बिद्यार्थीको भबिष्य नै अन्यौलयमा पर्ने देखिएको छ ।
एसईईमा ५० प्रतिशत भन्दा कम नतिजा ल्याउने बिद्यालयका प्रधानाध्यापकको जिम्मेवारी परिवर्तन र नयाँ प्रअलाई मौका दिने योजना पालिकाको थियो ।
बिद्यालयको ब्यवस्थापन समितिले प्रधानाध्यापकको जिम्मेवारी परिवर्तन गरेको निर्णयलाई तिवारीले अबज्ञा गरेपछि गाउँपालिकाको शिक्षा ऐन २०७४ अनुसार जनमाबि सरुवा गरिएको थियो ।
पालिकाको ऐन र योजना अनुसार बिद्यालय ब्यवस्थापन समितिले सिफारिसमा पञ्चकन्या माबिका प्रधानाध्यापक बिष्णु तिवारीलाई गत असार २ गते जनमाबि सरुवा गरेको थियो ।
आफ्नो सरुवासगै उक्त निर्णणलाई रोक्न माग गर्दै उच्च अदालत पोखरा पुग्नु भएका तिवाराीलाई गाउँपालिकाको शिक्षा ऐन २०७४ को दफा ३० को दफा ३८ को सुबिधा सन्तुलनको अधारमा साउन ९ गते अल्पकालि अन्तरिम आदेश र साउन १८ गते निरन्तरता दिएको थियो ।
उच्च अदालतको अल्पकालिन आदेशलाई पुर्ण फैसला मान्दै सामाजिक सञ्जाल फेसबुकमा हाल्दै तिवारीले क्षिक्षक माथिको दमन रोक भन्नु भएको छ ।
यस्तै यहि साउन १८ गते पालिकाले निकालेको प्रधानाध्यापकको पदावधी सम्बन्धमा सुचनालाई पालिकाको पराजित मानसिकता र कहि नभएको जात्रा हाडी गाउँमा भन्नु भएको छ । फेसबुकमा प्रधानाध्यापक तिवारीले लेखेको शब्दले अब पञ्च कन्या माबिका बिद्यार्थीको भबिष्य कता जाने सोच्नु पर्ने अवस्था आएको छ ।
ब्यवस्थापन समिति र तपाईको चपेटामा बिद्यार्थी पर्ने भए नि भनेर प्रश्न गर्दा तिवारीले भन्नुभयो निर्णय आएको छ अब सोचेर काम अगाडि बढाइन्छ ।
भर्खर निजी बिद्यालयबाट सामुदायिक बिद्यालय बिद्यार्थी लग्नु भएका एक अभिभावकले राम्रो सोचेर छोरा छोरी बिद्यालय लगेको अब फेरी निजीमै ल्याउनु पर्ने अवस्था देखिएको बताउनुभयो ।
शिक्षकले गृहकार्य पनि नहेर्ने र नजानेको सिकाई दिनु पर्यो भन्दा यसै जाने गरेको बिद्यार्थीले आफुसगँ गर्ने गरेको अभिवावकले बताउनुभयो ।
यदि नपढाउने शिक्षकलाई कारबाही नहुने हो भने उज्वल भबिष्यको लागि बिद्यालयका पुगेका बिद्यार्थीको भबिष्य कहाँ पुग्ने हो साोच्नु पर्ने देखिएको अभिभावकको भनाई थियो ।
प्रधानाध्यापक तिवारीको सामाजिक संञ्जालमा हालेको स्टाटसले अब नपढाउने र तलब खाने शिक्षकलाई राहत मिल्ने होकी भन्ने देखिएको बिद्यालय ब्यवथापन समितिका अध्यक्ष फणी नारायण अर्यालले बताउनुभयो ।
एक जना शिक्षक जसले निजी बिद्यालय सगै सञ्चालन गरेका छन् उसको अर्कमन्यतामा बिद्यालय सुधार योजना बन्धक बनेको बताउदै अर्यालले एक शिक्षकको कारण बिद्यार्थीको भबिष्य अन्यौलमा परेको बताउनुभयो ।
कृषि प्राबिधिक शिक्षा सहित पठन पाठन हुने पञ्चकन्या माबिमा कक्षा ११ बाहेक शिशु देखि १२ सम्म ४८४ बिद्यार्थी अध्यनरत रहेका छन् ।
पालिकामा पछिल्लो बर्ष शैक्षिक स्तर खस्कदै गएको छ भने गुणस्तरिय शिक्षाको लागि पालिकाले गरेको निर्णयको स्वागत गर्दै प्रधानाध्यापकको जिम्मेवारी परिवर्तन हुने र सरुवा गरेको बिद्यालयमा शिक्षक समेत जानु भएको छ ।