Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

घाँसीकुवामा पहाड खस्यो!पृथ्वीराजमार्ग अबरुद्ध

loading views..
Nepal Telcome

तनहुँ।पृथ्वीराजमार्ग सडक अन्तरगत तनहुँको व्यास–१२ घाँसीकुवामा पाहड खस्दा राजमार्ग अबरुद्व भएको छ । आज ५:३० मा अबिरल बर्षा पछि सडक माथिबाट ठूलो पहिरो खस्दा राजमार्गमा सवारी आवागमन ठप्प भएको छ।
पृथ्वीराजमार्ग भएर गुड्ने सवारी साधानले वैकल्पीक मार्ग प्रयोग गर्दा उचित हुने तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । पहिरो पन्छाउन समय लाग्ने देखिएको छ,उहाँले भन्नुभयो “पहिरो पन्छाउन आवश्यक इक्युमेन्ट आइपुगेको छैन् ।” पहिरोका कारण साँझ ५: ३० बजेदेखि राजमार्ग अवरोध हुँदै आएको प्रहरीले जनाएको छ ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link