Skip to content
Pokharapress Logo
१२ मंसिर २०८३, शनिबार

प्रकाश तामाङ्ग ‘काले’ लाई घरमा नै नागरिकता दिइयो

भोलि प्रधानमन्त्री भेट्न काठमाडौ प्रस्थान

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ्ग ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् ।

भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरे ।

गोरखाको चुमभ्यालीबाट काठमाडौं हुँदै हिजो भोजपुर पुगेका प्रकाशको बुवा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद अधिकारीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई ०९-०२-८१-००३५७ नम्बरको नागरिकता दिएका छन् ।

नागरिकता पाएपछि प्रकाशले खुसी व्यक्त गरे । उनले हेर्ने कथा र विद्या चापागाईँ साथै आफूलाई गाउँघर फर्काउनेहरूलाई धन्यवाद दिएका छन् । मेयर उदासले प्रकाशले चाहे उनको क्षमता/योग्यताअनुसार नगरपालिकाले रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।अब बैंक खाता खोल्ने तयारी गरिएको छ ।‘चुमभ्यालीबाट प्रकाशको न्यायपूर्ण बिदाई र भोजपुरको सम्पाङ छाप्लेगाउँमा सम्मानित जीवन बाँच्ने’ वातावरणको अभियान  चलाएका योगेश भट्टराईका निजी पत्रकार राजेश राईसहितको टोलीले उनलाई भोजपुर लगेको थियो । प्रकाशलाई उनको कुरा सुन्न र सरकारको तर्फबाट केही सहयोगका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न खोजेका छन् ।

भर्खरै नागरिकता लिएका प्रकाश काठमाडौंको लागि बाटो लागिसकेको र यहाँ आइपुग्नासाथ प्रधानमन्त्रीलाई भेट्ने तय भएको योगेश भट्टराईका निजी पत्रकार राईले बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link