Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा तीजको अवसरमा शुभकामना ब्यक्त

loading views..
Nepal Telcome

काठमाडौं, २१ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरितालिका तीजको अवसरमा शुभकामना दिनुभएको छ।
उहाँले नेपाली महिलाहरुको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष प्रचचण्डले दिनुभएको शुभकामना सन्देशमा भन्नुभएको छ– ‘नेपाली महिलाहरुले परापूर्वककालदेखि धार्मिक सांस्कृतिक पर्वको रुपमा मनाउँदै आएको तीजका मौलिक पक्षको संरक्षण गर्नुका साथै नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात गर्दै यसलाई लैंगिक समानता र सामाजिक सशक्तिकरणको अवसरका रुपमा समेत लिनुहुने छ भन्ने विश्वास व्यक्त गर्दछु।’
सामन्तवादविरुद्ध भएको तमाम् आन्दोलन र विशेषतः जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनको बलमा जारी भएको नेपालको संविधानबाट प्राप्त अधिकारको पूर्ण कार्यान्वयन गर्दै महिलाको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा गुणात्मक रुपान्तरण ल्याउनु अबको कार्यभार भएको उल्लेख गर्दै उहाँले यसका लागि समेत तीजबाट प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link