Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलन अघि बढाउछौं : प्रचण्ड

loading views..
Nepal Telcome

सिरहा, २५ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोंचमा रहेको बताउनुभएको छ ।
सिरहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँगको भेटघाटमा उहाँले त्यसकै लागि आफूहरु देशब्यापी बैठक र छलफलमा जुटेको बताउनुभयो ।
पार्टीको मधेश प्रदेशस्तरीय परामर्श बैठकमा भाग लिने क्रममा सिरहा पुग्नुभएका अध्यक्ष प्रचण्डले मुलुकको अहिलेको ठूलो समस्या भ्रष्टाचार भएकाले जनतालाई साथमा लिएर भ्रष्टाचारी र माफियाविरुद्ध देशब्यापी आन्दोलन गर्ने बताउनुभयो ।
‘तपाइँहरुले देखि नै हाल्नुभयो, भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकार नै परिवर्तन गर्नेसम्मको खेल भयो’– उहाँले भन्नुभयो– ‘हामी सरकारको नेतृत्व गर्दा केही नयाँ काम सुरु गरेका थियौं । सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध हामीले थालेको अभियानबाट भूमाफियाहरु आत्तिए । जसले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने अपराध गरिरहेका थिए, उनीहर छट्पटाए ।’
मिटरब्याज लगायत तमाम बेथितिका विरुद्ध आफूहरुले सरकारबाट सङ्कल्पका साथ संघर्ष सुरु गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसबाट दलाल, सामन्तवादका अवेशष, भूमाफिया र नोरकाशहरु हामीसँग आतंकित भए । माओवादी केन्द्रका नेताहरुले विस्तारै हामीलाई त खतमै पार्ने भए भनेर भ्रष्टाचारी जति सबै डराए ।’
उनीहरुले कांग्रेस र एमालेलाई आफ्नो नेता ठानेर भ्रष्टाचारी र बिचौलियाले जुटाइदिएको उल्लेख गर्दै उहाँले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध लडाई लडेकाले आफूहरु बिजेता कमाण्डरजस्तो गरी निस्केको बताउनुभयो । तर, कांग्रेस एमाले कायरजस्तो गरी सरकारमा गएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अब हामी पार्टी सुदृढ गरेर देशैभरि पार्टी पुनर्गठन गर्दै बलियो पार्टी बनाएर भ्रष्टाचारका विरुद्ध तलैबाट आन्दोलन सिर्जना गर्ने सोंचमा छौं । पहिले पार्टी बलियो बनाउने र बलियो पार्टीका आधारमा देशब्यापी रुपमा भ्रष्टाचारविरोधी आन्दोलन सुरु गर्ने सोचिएको छ।’
आफ्नो पार्टीले अघि सारेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक एजेण्डाप्रति मधेशी जनसमुदायको अपार विश्वास भएको उल्लेख गर्दै उहाँले यो विश्वासलाई कमजोर हुन नदिएर सोहीअनुसार पार्टी संगठन र नेतृत्व स्थापित गरेर जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। पार्टीलाई मधेशमा थप एकताबद्ध र सुदृढ बनाउँदै पहिलो पार्टीको रुपमा स्थापित गरेर स्थानीय, प्रदेश र संघीय सरकारमा सशक्त हस्तक्षेप बढाउन पनि मधेश प्रदेशको महत्वपूर्ण भूमिका रहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
आज विहान मात्रै अध्यक्ष प्रचण्डले गोलबजार र मिर्चैयाका पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँग छलफल गर्नुभएको थियो । हिजो साँझदेखि सप्तरीहुँदै मधेश प्रदेश प्रवेश गर्नुभएका अध्यक्ष प्रचण्ड आज र भोलि मधेशमै रहनुहुनेछ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link