Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

कास्की कांग्रेसमा आन्तरिक विवाद चुलियो

सभापति र पूर्वसभापतिबीच आरोप-प्रत्यारोप

loading views..
Nepal Telcome

पोखरा,२० असोज। नेपाली कांग्रेस कास्कीमा आन्तरिक विवाद चुलिएको छ। पार्टीका वर्तमान सभापति किशोर दत्त बराल र पूर्वसभापति कृष्ण केसीबीच सामाजिक सञ्जाल फेसबुकमार्फत आरोप-प्रत्यारोपको आदानप्रदान भएको छ।
पार्टीका केही पुराना कार्यकर्ता नेकपा एमाले प्रवेश गरेपछि कांग्रेस कास्कीमा असन्तुष्टि बढेको छ। यसैबीच, पूर्वसभापति केसीले सभापति बराललाई संगठनप्रति उदासीन रहेको आरोप लगाउँदै पार्टीको नेतृत्वमा परिवर्तनको माग गरेका छन्। केसीले सभापति बराल फेसबुकमा फोटो राखेर र उद्यमशीलताको नाममा पैसा खर्च गरेर बस्ने गरेको भन्दै आलोचना गरेका छन्।
यता, सभापति बरालले पूर्वसभापति केसीलाई पार्टीका उम्मेदवारलाई भोट नहाल्नेजस्ता गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै उनलाई ‘विद्रोही कम्युनिष्ट’ भनेका छन्। बरालले पार्टीभित्र यस्ता व्यक्तिहरूलाई माला लगाएर बस्न दिन नसकिने बताएका छन्।
दुवै नेताबीचको यो विवादले कास्की कांग्रेसमा चुनावयता देखिएको अन्तरविरोधलाई सतहमा ल्याएको छ। पार्टीका कार्यकर्ताहरूले दुवै नेतालाई पार्टीको कुरा बाहिर ल्याउन नभई पार्टीभित्र बसेर समस्या समाधान गर्न आग्रह गरेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link