Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

रवि लामिछानेको रिहाईको माग गर्दै रास्वपा सडकमा

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं, १३ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछानेको तत्काल रिहाइको माग गर्दै सरकारलाई दबाब दिएका छन्। आज बालुवाटारमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अर्यालले लामिछानेको गिरफ्तारीलाई व्यक्तिगत नभई परिवर्तनकारी शक्तिलाई निस्तेज पार्ने प्रयासको रूपमा लिएका छन्।

उनले गृह मन्त्रालयलाई संयम रहन आग्रह गर्दै पार्टी कार्यकर्ताहरूको गिरफ्तारीको निन्दा गरेका छन्। प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेपछि अर्यालले लोकतन्त्रमा यस्ता तानाशाहीपूर्ण कार्य अस्वीकार्य भएको बताएका छन्।

अर्यालले भने, “हामी सुसंस्कृत राजनीति गर्न चाहन्छौँ, तर सरकार हामीलाई दमन गर्न उद्धत छ। लामिछानेको रिहाइ नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ।”

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link