Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पर्वतमा कोरला नाका सञ्चालनबारे चिनियाँ राजदूतको सकारात्मक संकेत

loading views..
Nepal Telcome

पर्वत, २४ कार्तिक। नेपालका लागि चिनियाँ राजदूत सोङले कोरला नाका सञ्चालनका लागि चीन सरकार तयार रहेको बताएका छन्। शुक्रबार पर्वतको फलेवास नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत सोङले कोरला नाकामा नेपालतर्फको पूर्वाधार विकासमा चिनियाँ सरकारले सहयोग गर्दै आएको उल्लेख गर्दै नाका सञ्चालनपछि दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने बताए।

चिनियाँ राजदूत सोङ

राजदूत सोङले नेपालको विकास र समृद्धिका लागि चिनियाँ सरकार सदैव तत्पर रहेको उल्लेख गर्दै हिमाल र नदीले जोडेका नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि नै दुवै देशले एकअर्कालाई निरन्तर सहयोग गर्दै आएको बताए। उनले नेपालको सडक, विद्युत र शिक्षा क्षेत्रको सुधारमा सहकार्य गरिने बताउँदै नेपाललाई एक स्वतन्त्र र विकासशील राष्ट्र बनाउन चीनको इच्छा रहेको बताए।
फलेवास नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभाकुमारी क्षेत्रीलगायतले पनि बोलेका थिए।
भवानी विद्यापीठ माविको भ्रमण र सहयोगको प्रतिबद्धता
राजदूत सोङले शुक्रबार नै फलेवासको खानीगाउँमा रहेको भवानी विद्यापीठ माविको भ्रमण गरेका छन्। विद्यालयले भौतिक पूर्वाधार विकासका लागि रु. ५० करोड रुपैयाँको डीपीआर तयार गरी नेपाल सरकारमार्फत चिनियाँ दूतावासमा पेश गरेको छ। सोही सहयोगका लागि विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय पक्षको अध्ययन अवलोकन गर्न राजदूत सोङ फलेवास आएका हुन्। विद्यालयले राजदूत सोङलाई पञ्चेवाजा, भजन, सोरठी र नृत्यसहित यस क्षेत्रका कला संस्कृतिद्वारा स्वागत गरेको थियो।
फलेवास नगरपालिकालाई विशेष सम्मान
चिनियाँ राजदूत सोङलाई फलेवास नगरपालिकामा विशेष कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरिएको थियो। सो अवसरमा फलेवासको विकासका लागि विभिन्न योजनाहरू समावेश गरिएको मागपत्र पनि पेश गरिएको छ। फलेवासका नगरप्रमुख गंगाधर तिवारीले योजना र आवश्यक बजेटसहित मागपत्र पेश गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link