Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेलाई पुरानै पद दिने, एकतालाई बलियो बनाउने प्रयास

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं,२ पुस। नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेलाई पहिलेको पार्टीमा भएको पदअनुसार नै जिम्मेवारी दिने निर्णय गरेको छ । पार्टीले वाम एकतालाई बलियो बनाउने उद्देश्यले यस्तो निर्णय गरेको हो ।
पार्टीका एक स्थायी कमिटी सदस्यका अनुसार साङ्गठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनी आएका गुनासोलाई सम्बोधन गर्न यो निर्णय गरिएको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङको हस्ताक्षरमा मातहतका कमिटीलाई यस सम्बन्धी सर्कुलर पठाइसकिएको छ ।
सर्कुलरमा भनिएको छ, ‘विगतमा एकीकरण/समायोजन/पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा साङ्गठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनी आएका गुनासोलाई ध्यानमा राखी एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित बाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैर वाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्ने निश्चित गरिएको छ ।’
माओवादीले पार्टी प्रवेश गर्नेलाई पुरानै पद दिने निर्णयले पार्टीभित्र एकतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । यसले पार्टीमा नयाँ ऊर्जा थप्ने र संगठन विस्तारमा सहयोग पुग्ने पार्टी नेताहरूको विश्वास छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link