Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गोरखा नगरपालिकाका विभिन्न वडाका काङ्ग्रेस एमालेका ५३ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

loading views..
Nepal Telcome

गोरखा, माघ ७ गते। गोरखा नगरपालिकाका विभिन्न वडाका ५३ जना नेपाली कांग्रेसलगायत अन्य पार्टीका नेता तथा कार्यकर्ताहरू आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश कार्यक्रम आज गोरखाको कट्टेल डाँडामा आयोजित भएको थियो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ प्रवेश गर्ने सदस्यहरूलाई खादा, माला र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।

माओवादी केन्द्र गोरखा नगर पार्टी समितिका अध्यक्ष रामहरी केसीका अनुसार नयाँ सदस्यहरूले पार्टीको सिद्धान्त र नेतृत्वमा विश्वास गरेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

अध्यक्ष प्रचण्ड सरस्वती मा.वि., आहाले, र नव ज्योति मा.वि., डण्डी डाँडाको स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन गोरखा आइपुग्नुभएको थियो। उहाँले कार्यक्रममा सहभागी हुनु अघि गोरखा नगरपालिका वडा नम्बर ८, आमडाँडा गाउँमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने मुस्लिम अगुवा तथा अन्य सामाजिक व्यक्तित्वहरूलाई स्वागत गर्नुभएको हो।

पार्टीमा प्रवेश गर्ने प्रमुख व्यक्तिहरूमा विश्राम कुवँर, धनबहादुर कुवँर, अब्दुर करिम मियाँ, नासिर मियाँ, रिवल बहादुर सुनुवार लगायत रहेका छन्। अध्यक्ष प्रचण्डले सबैलाई पार्टीको नीतिप्रति प्रतिबद्ध रहँदै राष्ट्र र जनताको हितमा योगदान दिन आग्रह गर्नुभएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link