Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

माओवादी केन्द्र सरकार परिवर्तनको पक्षमा छैन: अध्यक्ष प्रचण्ड

loading views..
Nepal Telcome

चितवन,माघ ८ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र सरकार परिवर्तनको पक्षमा नरहेको बताउनु भएको छ।

चितवनमा आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको मुख्य प्राथमिकता सरकार परिवर्तन नभई जनता भएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “अहिले हाम्रो प्राथमिकता सरकार होइन। मैले धेरैपटक भनेको छु, हाम्रो प्राथमिकता संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो।”

अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई आगामी २०८४ सालको आम निर्वाचनसम्म निरन्तरता दिनुपर्नेमा माओवादी केन्द्रको धारणा रहेको बताउनुभयो। उहाँले पार्टी बलियो बनाउन र जनतासँगको सम्बन्ध अझ मजबुत बनाउनेतर्फ आफूहरु केन्द्रित भएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार माओवादी केन्द्र हाल सरकार परिवर्तनको कुनै खेलमा सहभागी छैन र पार्टीको मुख्य ध्यान संगठनात्मक सुदृढीकरणमा रहेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link