Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन केन्द्रित गण्डकी प्रदेश कमिटीको पूर्ण बैठक सम्पन्न

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा,चैत्र १२ गते। “उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि युवा आन्दोलन! सुशासन, समृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन!!” भन्ने मूल नाराका साथ काठमाडौंमा यही जेठ १७-१९ गते सम्पन्न हुने वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन केन्द्रित गण्डकी प्रदेश कमिटीको पूर्ण बैठक पोखरामा हिजो सम्पन्न भएको छ।

बैठकमा पार्टीका गण्डकी प्रदेश सहइन्चार्ज क. हरिराज अधिकारी ‘कुमार’ प्रमुख अतिथि र संगठनका इन्चार्ज क. रामप्रसाद सापकोटा ‘दिपशिखा’ विशिष्ट अथिति रहनुभएको थियो। बैठकमा फ्र्याक्सन इन्चार्ज दिपशिखाले केपी ओली नेतृत्व र राजावादी प्रवृत्ति एउटै भएको भन्दै युवाहरू सचेत रहन निर्देशन दिनुभएको छ।

संगठनका अध्यक्ष सुबोधराज सेर्पालीले संगठनको सदस्यता नवीकरण तथा वितरण, इकाई गठन, वडा, पालिका, जिल्ला र प्रदेश सम्मेलनलाई अनिवार्य रूपमा लागू गर्ने ठोस कार्यक्रम बनाइएको जानकारी गराउनुभयो।

बैठकमा प्रमुख अतिथिले संगठनात्मक सुदृढीकरण, सुशासन, र समाजवादी विचारधाराबारे प्रशिक्षण मन्तव्य राख्नुभएको थियो। साथै, बैठकमा संगठनका वरिष्ठ उपाध्यक्ष कसम गुरुङ, महासचिव गणेश शाही, तथा अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको प्रचारप्रसार विभाग प्रमुख नवराज ऐर ले जानकारी गराउनुभयो।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link