Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया सुरू

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं,चैत्र १६ गते। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ।

उच्च सरकारी स्रोतका अनुसार, शुक्रवार भएको हिंसात्मक आन्दोलनमा उनको संलग्नता रहेको आशंकामा छानबिन सुरू भएसँगै विदेश पलायन हुन सक्ने सम्भावनाका कारण राहदानी रद्द गर्ने निर्णय गरिएको हो।

स्रोतका अनुसार, काठमाडौंमा भएको हत्या, आगजनी, र लुटपाटमा दुर्गा प्रसाई फिल्ड कमाण्डर भए पनि, उनलाई अघिल्लो दिन निर्देशन दिने र आर्थिक सहायता जुटाउने व्यक्ति पूर्वराजा शाह नै भएको प्रमाण भेटिएको छ।

यस विषयमा सरकारलाई विपक्षी दलहरूको समेत दबाब रहेको बताइएको छ। अनुसन्धान अघि बढेसँगै शाहले विदेश जान खोज्न सक्ने भएकाले सरकार राहदानी रद्द गर्ने प्रक्रियामा अघि बढेको हो।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link