Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गण्डकी प्रदेशको वाईसीएल प्रथम सम्मेलन भोलिबाट सुरु हुँदै, नयाँ नेतृत्व चयनको तयारी

loading views..
Nepal Telcome

पोखरा, जेठ १ गते।नेकपा माओबादी केन्द्रको साहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (YCL) गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलन भोलि बिहान ११ बजे पोखराको महेन्द्रपुलस्थित एक पार्टी प्यालेसमा भव्य रूपमा उद्घाटन हुँदैछ। सम्मेलनको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाईसीएल नेपाल केन्द्रीय समितिका फ्र्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ रहनेछन्।

यस सम्मेलनमार्फत १३ पदाधिकारीसहित ७१ सदस्यीय नयाँ प्रदेश कार्यसमिति चयन गरिने छ। प्रदेश अध्यक्ष पदमा भोजराज पौडेल, ईश्वर बस्याल र थमन गुरुङबीच स्वस्थ प्रतिस्पर्धा हुने जनाइएको छ। एक आकांक्षी नेताका अनुसार, सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गरिने छन्।

सम्मेलनमा गण्डकी प्रदेशका सबै जिल्लाबाट पाँच-पाँच जना तथा प्रत्येक पालिकाबाट दुई-दुई जना प्रतिनिधिहरू सहभागी हुनेछन्। आयोजक कमिटीका युवा नेताहरूले सम्मेलन सर्वसम्मत र सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

सम्मेलनपछि, वाईसीएललाई उत्पादनमूलक र सिर्जनशील कार्यहरूसँग जोड्दै संगठनलाई अझ प्रभावकारी, सक्रिय र जनमुखी बनाउने योजना अघि सारिने एक युवा नेताले जानकारी गराएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link