Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

एनसेलको एप डाउनलोड गर्दा नयाँ ग्राहकलाई एक जीबी डेटा नि:शुल्क!

loading views..
Nepal Telcome

काठमाडौं। एनसेलका ग्राहकले एपबाटै रिचार्ज र अन्य सेवा संचालन गर्न सक्ने भएका छन्। कम्पनीले सोमबारबाट
एपको नयाँ संस्करण ल्याएपछि रिचार्ज लगायत विभिन्न प्याक संचालन गर्न मिल्ने भएको हो।

कम्पनीले एप डाउनलोड गर्दा नयाँ ग्राहकलाई एक जीबी डेटा नि:शुल्क दिने जनाएको छ। यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो। एपबाट अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जनायो। एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरुको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउने कम्पनीले जनायो।ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको डेटा र भ्वाइस प्याकहरु लिन सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ् लगायतका कार्यहरु गर्न सक्छन्।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link