Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

गोरखा जिल्लाको अखिल (क्रान्तिकारी) इन्चार्जमा अनिस अर्याल ज्याक

loading views..
Nepal Telcome

पोखरा,जेठ २३ गते। क्रान्तिकारी विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी अनिस अर्यालले पाएका छन्।

संगठनको निर्णयअनुसार अर्यालले अब गोरखा जिल्लाभरि संगठनको नेतृत्व सम्हाल्ने छन्। लामो समयदेखि विद्यार्थी राजनीति तथा संगठनात्मक काममा क्रियाशील अर्याल संगठनभित्र प्रतिबद्ध, अनुशासित र गतिशील कार्यकर्ताका रूपमा परिचित छन्।

नयाँ जिम्मेवारीसहित संगठनको क्रियाशीलता, विस्तार तथा विद्यार्थी अधिकारको सवालमा अर्यालको भूमिका उल्लेखनीय हुने अपेक्षा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link