Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

महान् बेपत्ता योद्धा चुमलाल बराल (चमनलाल) को सम्झनामा विशेष कार्यक्रम सम्पन्न

loading views..

पोखरा, २० साउन। राज्यद्वारा वेपत्ता पारिएका योद्धाहरूको परिवार समाज, कास्की (बेपत्ता परिवार समाज, कास्की) को आयोजनामा महान् बेपत्ता योद्धा चुमलाल बराल (चमनलाल)को सम्झनामा विशेष कार्यक्रम आज पोखराको सहिदचोकस्थित विजय ढकाल स्मृति पार्क हलमा सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व अणनाथ बरालले गर्नुभएको थियो भने सञ्चालन संगिता बरालले गर्नुभएको थियो। स्वागत मन्तव्य केदार आचार्यले दिनुभएको थियो।
परिवारको तर्फबाट चुमलाल बरालका भाइ सूर्यलाल बरालले भावनात्मक मन्तव्य राख्दै बेपत्ता परिवारको पीडा, संघर्ष र न्यायप्राप्तिको अपेक्षाबारे धारणा राख्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका पूर्व सांसद हरिराज अधिकारी कुमारले चुमलालप्रति उच्च सम्मान प्रकट गर्दै भन्नुभयो

“उहाँको सक्रियता, इमानदारी र अनुशासनले सम्पूर्ण परिवारलाई जनयुद्धमा लाग्न प्रेरित गर्‍यो।
बेपत्ता परिवारसँग हाम्रो सामीप्यता अनिवार्य छ।
यो कार्यक्रमले सम्पूर्ण माओवादी घटकलाई एक ठाउँमा ल्याउन सफल भएको छ।
माओवादी पार्टीहरूको एकता अपरिहार्य छ।
बेपत्ताको विषयमा राज्यले अब मुख खोल्नुपर्छ।
पार्टीभित्र बिभाजनको कारणबारे पनि गम्भीर समीक्षा आवश्यक छ।”

राजकाजी गुरुङले चमनलालसँगको स्मृतिलाई उजागर गर्दै भन्नुभयो “मैले उहाँलाई २०५५ साल देखि चिनेको हुँ उहाँ एक महान् सहयोद्धा, जनयुद्धका निष्ठावान् योद्धा हुनुहुन्थ्यो।
सहिद र बेपत्ताको सपना साकार पार्न हामी फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ।”

नेकपा तर्फबाट सावित्री दुराले आफ्नो मन्तव्यमा भन्नुभयो ” चुमलाल बराल  उत्पीडित, उपेक्षित र शोषित वर्गको पक्षमा डटेर लड्ने योद्धा हुनुहुन्थ्यो। सहिद र बेपत्ता परिवारको नाममा अब केही ठोस गर्न आवश्यक छ। बेपत्ता परिवारहरूको अवस्था अबिलम्ब सार्वजनिक गरियोस्।” क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यका तर्फबाट नारायण अधिकारीले छोटो अनुभूति प्रस्तुत गर्नुभयो।
अन्य विशिष्ट अतिथिहरूमा नेत्रनाथ अधिकारी, दुर्गा विक, विनय थापा (सचिव) र विप्लव समूहका आजादज सीको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले चुमलाल बरालजस्ता बेपत्ता योद्धाहरूको खोज, सम्मान र पीडित परिवारहरूको न्यायका पक्षमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका थिए।
उनीहरूले बेपत्ता परिवारको पीडालाई न्यायिक सम्बोधन गर्दै ऐतिहासिक सत्यको खोजी अनिवार्य रहेको धारणा राखे।

स्मरणीय छ चुमलाल बराल (चमनलाल) जनयुद्धकालीन समयमा राज्यद्वारा बेपत्ता पारिएका एक महान् योद्धा हुन्।
उहाँको सम्झनामा आयोजित कार्यक्रम संवेदनशील, गरिमामय र ऐतिहासिक रूपमा अर्थपूर्ण रह्यो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्