Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

कास्कीमा विपत व्यवस्थापन बैठक सम्पन्न, सतर्क रहन आग्रह

loading views..
Nepal Telcome

पोखरा, ३१ साउन । प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको अध्यक्षतामा कास्की जिल्ला विपद् व्यवस्थापन समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकमा पोखरा महानगरपालिकाका नगर प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख, राजनीतिक दलका जिम्मेवार सदस्य, रेडक्रस, नागरिक समाज, निजी क्षेत्रका प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो।

बैठकले भाद्र २० गतेसम्म सक्रिय रहने मौसम पूर्वानुमानलाई उद्धृत गर्दै सम्पूर्ण क्षेत्रलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। विशेषगरी सुरक्षाकर्मी, स्वयंसेवी, युवा र विद्यार्थीलाई सम्भावित विपद् जोखिमका बीच उद्धार तथा राहत कार्यमा तत्पर रहन अनुरोध गरिएको छ।

समितिले दिएको जानकारीअनुसार हालसम्म वेगनास र फेवाताल क्षेत्रबाट ५३ जनाको जिवितै उद्दार गरिएको छ। तर, माछापुच्छ्रे गाउँपालिकामा एक जनाको मृत्यु भएको छ भने मादी गाउँपालिकामा करेन्ट सर्टबाट अर्को एक जनाको मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिकाको विद्यालयमा क्षति पुगेको छ भने पोखराको काँहुखोला, विजयपुर र हेम्जा क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको छ।

बैठकले मानवीय क्षति भएका घटनामा राहत नयाँ कार्यविधिअनुसार सिधै स्थानीय तहमार्फत उपलब्ध गराइने र जिल्ला प्रशासन कार्यालयमार्फत सोधभर्ना प्रक्रिया अघि बढाइने जानकारी दिएको छ। साथै, निजी आवाससम्बन्धी राहत प्रदेश सरकारको कार्यविधिअनुसार अघि बढाइने समेत सूचित गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link