Skip to content
Pokharapress Logo
३ असार २०८३, बुधबार

भारत–चीन व्यापारिक सम्झौताप्रति समाजवादी मोर्चाको आपत्ति

loading views..
Nepal Telcome

काठमाडौं, ६ भाद्र। भारत र चीनबीच हालै पुराना व्यापारिक नाका सञ्चालन र नयाँ व्यापार मार्ग पुनःस्थापना गर्ने समझदारी भएपछि समाजवादी मोर्चा, नेपालले गम्भीर ध्यानाकर्षण गराएको छ। मोर्चाले प्रेस वक्तव्य जारी गर्दै यस्तो समझदारीले नेपालको सीमा र सार्वभौमिक अधिकारमा प्रश्न खडा हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेको हो।

मोर्चाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र ऐतिहासिक प्रमाण अनुसार नेपालकै अभिन्न अङ्ग भएको स्पष्ट गर्दै त्यहाँ कुनै सम्झौता गर्दा नेपालको स्वीकृति अनिवार्य हुनुपर्ने जनाएको छ। भारततर्फबाट भइरहेको अतिक्रमणलाई तत्काल रोक्न र सीमा पुनःस्थापनाका लागि आवश्यक कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरिएको छ।

वक्तव्यमा भनिएको छ, “नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्‍याउने  कुनै कदम स्वीकार्य हुने छैन। सरकारले सत्य–तथ्य बुझेर छिमेकी राष्ट्रहरूसँग स्पष्ट संवाद गरी नेपालको भूमि फिर्ता गर्नतर्फ आवश्यक पहल गर्नुपर्छ।”

यो वक्तव्य समाजवादी मोर्चाका शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महेन्द्र राय यादवको हस्ताक्षरसहित सार्वजनिक गरिएको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link