Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

प्रचण्डको राजीनामाभन्दा ठूलो प्रश्न: संगठन निर्माण र आत्मालोचना

loading views..
Nepal Telcome
नदीपुर दुध

प्रभाकर कमरेड,
प्रवासको भूमिबाट रातो सलाम!
म, तपाईंले पछिल्लो समय पार्टीभित्र उठाउनुभएको मुद्दा र पार्टी पुन:जागरणका एजेण्डाहरूको समर्थक हुँ। यद्यपि, ती एजेण्डा उठाउने शैली र समयप्रति मेरो केही विमति अवश्य छ।
हो, तपाईंले भनेजस्तै – शान्ति प्रक्रियामा प्रवेश गरेपछि पार्टी नेतृत्वसँग राजनीतिक, वैचारिक, संगठनात्मक, नैतिक आचरण र व्यक्तिगत जीवनशैलीसम्बन्धी गम्भीर प्रश्नहरू उठेका छन्। ती प्रश्नहरू आम कार्यकर्ता र जनताका छन्। ती प्रश्नहरू आजको दिनमा अझ चर्किएका छन्।
तर कमरेड, प्रश्न उठाउने शैली र संवेदनशीलता पनि विचार गर्नुपर्ने विषय हो।
२० वर्षको यो यात्रामा माओवादी पार्टी कहाँबाट कहाँ पुग्यो? तपाईं लगायत सयौं नेताहरू पटक–पटक सत्ताको रसपानमा मग्न हुनुभयो, जबकि म लगायत लाखौं कार्यकर्ता विदेशी भूमिमा रगत, पसिना र आँसु बगाउँदै जीवन धान्न बाध्य भयौं।
यो कसरी भयो? किन भयो? यसको जवाफ के केवल ‘प्रचण्डको राजीनामा’ मागेर दिन सकिन्छ? आफ्नो निवास, दुबै छोरीको घर, पार्टी कार्यालय – सबै जलेर खरानी भएको अवस्थामा, तपाईंले प्रचण्डको राजीनामा माग्नु भयो।के तपाईंलाई संवेदना छ? करूणा छ?यदि छ भने, तपाईंले अहिले प्रचण्डका लागि बास खोज्नु पर्ने हो।
निराश र विक्षिप्त भएका कार्यकर्ताहरूलाई ढाडस दिनु पर्ने हो।
पार्टी र आन्दोलन फेरि उठ्छ भन्ने विश्वास जगाउनु पर्ने हो।
नकि सेनाको घेराबाट निष्किएर भग्नावशेषमा पुगेका अध्यक्षको राजीनामा माग्नु!
प्रिय कमरेड,
सबै लफ्फाबाजी छोडिदिनुहोस्।
भोलिदेखि पेरिसडाँडाको सरसफाइमा लाग्नुहोस्।
संगठन विभागको प्रमुख हुनुहुन्छ क्यारे-गुट होइन, समग्र पार्टी निर्माणमा लाग्नुहोस्।
फागुन २१ को चुनावमा रुकुमबाट अरू कसैलाई अवसर दिनुहोस्।
४८ सालदेखि निरन्तर कब्जा जमाउनुभएको छ, ३४ वर्ष त तपाईंको भएछ-मेरो उमेरजस्तै।
आफूले उठाएका विषयहरू पहिले आफ्नैमा लागू गर्नुहोस्।
त्यसपछि मात्र सबैले सुन्ने गरी ठूलो आवाजमा भन्नुहोस्।
हामी तपाईंको एजेण्डाका समर्थक हौं, तर शैली र संवेदनशीलता पनि क्रान्तिको हिस्सा हो।
हामी पार्टीको पुन:जागरण चाहन्छौं, तर त्यसको आधार करुणा, आत्मालोचना र समर्पण हुनुपर्छ।
माओवादी कार्यकर्ता
हाल जापान
श्यामहरि पाण्डे

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link