Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

प्रेस सेन्टर नेपाल जापान शाखाद्वारा पत्रकार महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन

loading views..

जापान, मंसिर २९ गते। प्रेस सेन्टर नेपाल जापान शाखाले नेपाल पत्रकार महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ।

आइतबार टोकियोस्थित करूवा कोईवा नेपाली रेस्टुरेन्टमा आयोजित एक समारोहबीच महासंघ जापान शाखाको नोभेम्बर २३ तारिखमा सम्पन्न छैटौँ अधिवेशनबाट निर्वाचित रविन्द्र श्रेष्ठ ‘गोरखाली’ नेतृत्वको कार्यसमितिलाई खादासहित बधाई तथा सम्मान गरिएको हो। उक्त जानकारी प्रेस सेन्टर नेपाल जापान शाखाका एक सदस्यले जानाकारी दिए।

उनका अनुसार कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तथा प्रेस सेन्टर नेपाल एसिया प्रदेश प्रवास समितिका उपाध्यक्ष तिलक मल्लले ब्यानर वाचन गरेर गरेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल कम्युनिष्ट पार्टीका एसिया प्रदेश प्रवास समितिका उपाध्यक्ष कमरेड डा. भूपाल श्रेष्ठ, नेकपा प्रवास समितिका सदस्य हवलचन्द्र लामा, नेपाली जनप्रगतिशील मञ्च जापान समितिका अध्यक्ष मोहन पौडेल, इन्चार्ज सालिकराम भण्डारी, माओबादी निकट व्यवसायी संघ जापानका महासचिव बाबुराम पौडेल, नेपाली जनप्रगतिशील मञ्च जापानका उपाध्यक्ष श्रवण सत्याल, प्रेस सेन्टर नेपाल जापान शाखाका इन्चार्ज जीपी लामीछाने, पत्रकार महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, साथै प्रेस सेन्टर निकट नेता–कार्यकर्ताहरूको उल्लासमय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पत्रकारिता पेशा सधैँ स्वतन्त्र, निष्पक्ष र फराकिलो हुनुपर्नेमा जोड दिएका थिए।

प्रेस सेन्टर नेपाल जापान शाखाका अध्यक्ष सन्दिप सुनारको अध्यक्षतामा सम्पन्न उक्त बधाई ज्ञापन कार्यक्रमको सञ्चालन प्रेस सेन्टरका नेता विमल श्रेष्ठले गरेका थिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्