Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

स्याङ्जाको नेतृत्वका लागि शैलेन्द्र घिमिरेप्रति जनसमर्थन बढ्दो

loading views..
Nepal Telcome
नदीपुर दुध

स्याङ्जा । स्याङ्जा जिल्लामा नेपाली कम्युनिष्ट पार्टीका युवा नेता शैलेन्द्र घिमिरेप्रति जनसमर्थन बढ्दै गएको छ। नव युवाहरूको भावना र जनआकांक्षाको सशक्त प्रतिनिधित्व गर्न सक्ने नेतृत्वका रूपमा घिमिरेलाई हेर्ने जनधारणा बलियो बन्दै गएको हो।
स्थानीय बासिन्दाहरूका अनुसार स्याङ्जाको विकास, रोजगारी, सामाजिक न्याय र समृद्धिका लागि स्पष्ट दृष्टिकोण बोकेका नेता घिमिरे यसपटकको निर्वाचनमा निर्णायक विकल्पका रूपमा उभिएका छन्। पार्टीभन्दा माथि उठेर जिल्लाको बृहत्तर हितका लागि उनलाई जिताउनुपर्ने आवाज विभिन्न क्षेत्रबाट उठ्न थालेको छ।
जनभावनालाई केन्द्रमा राख्दै जनजनका सवाललाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै घिमिरेले स्याङ्जाको समग्र विकासका लागि अग्रसर रहने बताएका छन्। उनले जनताको भरोसा र समर्थनलाई आफ्नो मुख्य शक्ति ठानेर राजनीतिक यात्रालाई अझ सशक्त बनाउने धारणा व्यक्त गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार स्याङ्जामा युवापुस्ताको आकर्षण बढ्दै गएको र परिवर्तनको चाहना तीव्र हुँदै गएको सन्दर्भमा शैलेन्द्र घिमिरेको उम्मेदवारीले नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ। आगामी निर्वाचनमा उनको भूमिका निर्णायक हुने संकेत देखिन थालेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link