पोखरा। कास्की निर्वाचन क्षेत्र नम्बर २ मा आसन्न निर्वाचनलाई लक्षित गर्दै युवाशक्तिलाई संगठित, सक्रिय र परिणाममुखी बनाउने उद्देश्यले सम्पन्न युवा भेला चुनावी तयारीको सशक्त संकेतका रूपमा देखिएको छ। भेलाले कास्की–२ मा युवाहरूको एकीकृत शक्ति प्रदर्शन गर्दै अभियानलाई घरदैलो तहसम्म विस्तार गर्ने रणनीति तय गरेको छ।
रेड जेन्जी युवा फोर्स तथा वाईसीएल केन्द्रीय सदस्य मिराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बराल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यसैगरी जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारी, कास्की जिल्ला पूर्व इन्चार्ज दीपक कोइराला, युवा नेताद्वय सुमन देबकोटा अब्दुल र अमरदीप पराजुलीलगायत नेताहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा वडा नं. ९ का अशोक राईले स्वागत मन्तव्य राख्दै युवाहरूलाई संगठनको नीतिगत स्पष्टता, वैचारिक प्रतिबद्धता र चुनावी अभियानमा सक्रिय अग्रसरताको आवश्यकता औंल्याउनुभयो। उहाँले “निर्वाचन केवल मतको गणित होइन, विचार र संगठनको शक्ति प्रदर्शन पनि हो” भन्दै युवाहरूलाई निर्णायक मोर्चामा उत्रिन आह्वान गर्नुभयो।
भेलामा वाईसीएल कास्कीका जिल्ला अध्यक्ष एंगेल्स कार्की, भूमि आयोग कास्कीका पूर्व अध्यक्ष गङ्गा पोखरेलले मन्तव्य राख्दै युवाशक्तिलाई केवल भीड होइन, नेतृत्व क्षमता र जनपरिचालनको मेरुदण्डका रूपमा उभिन आग्रह गर्नुभयो।सो कार्यक्रममा वाईसीएल केन्द्रका उप–महासचिव बद्री आचार्य (विपिन)ले समेत मनतब्य राख्नुभएको थियो।कास्कीका पूर्व जिल्ला इन्चार्ज दीपक कोइरालाले आसन्न निर्वाचनमा युवाहरूको भूमिका निर्णायक हुने स्पष्ट पार्दै घरदैलो अभियान, मतदाता शिक्षा, जनपरिचालन तथा संगठन सुदृढीकरणलाई तीव्र पार्न निर्देशन दिनुभयो। उहाँले कास्की–२ लाई युवाशक्तिको नमुना क्षेत्र बनाउने लक्ष्यसहित संगठित रूपमा अघि बढ्न आग्रह गर्नुभयो।
भेलाको सञ्चालन वाईसीएलका क्षेत्रीय संयोजक सुनिल लामिछानेले गर्नुभएको थियो। कार्यक्रममा सहभागी युवाहरूले संगठनप्रति अटुट प्रतिबद्धता व्यक्त गर्दै कास्की–२ मा युवाशक्तिको बलियो उपस्थिति स्थापित गर्ने, निर्वाचनमा निर्णायक प्रभाव पार्ने र संगठनको जीत सुनिश्चित गर्ने सामूहिक संकल्प व्यक्त गरेका थिए।
भेलापछि कास्की–२ मा युवाहरूको सक्रियता थप तीव्र हुने संकेत देखिएको छ। राजनीतिक रूपमा प्रतिस्पर्धात्मक मानिएको यस क्षेत्रमा युवाशक्तिको संगठित हस्तक्षेपले चुनावी समीकरणमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको



