Skip to content
Pokharapress Logo
३० चैत्र २०८२, सोमबार

स्वास्थ्य बीमामा आकर्षण बढ्यो, नवीकरण घट्यो

loading views..

बागलुङ I बागलुङमा स्वास्थ्य बीमामा आवद्ध हुने नागरिकको संख्या बढ्दै गएको छ भने नवीकरण गर्नेको संख्या घटेको पाइएको छ। जिल्लाका कुल २ लाख ४९ हजार जनसंख्यामध्ये १ लाख ४३ हजार ६ सय ५२ जना (५८ प्रतिशत) स्वास्थ्य बीमामा आवद्ध भएका छन्, जुन गत वर्षभन्दा ९ प्रतिशतले बढी हो।
यद्यपि, कुल बीमितमध्ये मात्र ३० प्रतिशतले बीमा नवीकरण गरेका छन्। स्वास्थ्य सेवाप्रति असन्तुष्टि, औषधि अभाव तथा झन्झटिला प्रक्रियाका कारण नवीकरण दर घटेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ।
धौलागिरि प्रादेशिक अस्पतालमा दैनिक आउने बिरामीमध्ये करिब ७० प्रतिशतले बीमामार्फत सेवा लिने गरेका छन्, जसले बीमाको उपयोगिता भने बढ्दो रहेको देखाउँछ।
हाल बीमा नीतिमा गरिएका केही परिवर्तन, विशेष गरी बहिरंग सेवामा २५ हजार रुपैयाँको सीमा तोकिएपछि बीमितहरू नवीकरणमा कम आकर्षित भएको देखिएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्