Skip to content
Pokharapress Logo
१२ असार २०८३, शुक्रबार

एमालेसँग तत्काल सहकार्य सुरु हुन्छ : प्रचण्ड

प्रचण्डको अन्तिम क्रमभङ्ग कस्तो होला!

loading views..
Nepal Telcome

विराटनगर,१२ असार । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्कालै सहकार्य सुरु हुने बताएका छन्।
विराटनगरमा आज आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले सबै वामपन्थीहरू मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपा समेतसँग कुरा भइरहेको बताए। महाधिवेशनमा अर्को क्रमभङ्ग हुने समेत उनले बताए। ‘प्रचण्डको अन्तिम क्रमभङ्ग हेर्नुस् अब कस्तो हुन्छ,’ उनले भने।
अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धहरू पनि विस्तार गर्ने उनले बताए। पार्टीको सहसंयोजक माधवकुमार नेपाल रसिया गएको र आफू पनि अब श्रीलङ्का जान लागेको अध्यक्ष दाहालले बताए।
स्रोत: रातोपाटी

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link