Skip to content
Pokharapress Logo
२७ आश्विन २०८३, मंगलवार

काम नगर्ने प्रदेशमन्त्री थुन्छौं, मेयरलाई कारबाही गर्छौं : पूर्वाधारमन्त्री लम्साल

प्रदेशका काम नगर्ने मन्त्रीलाई थुन्ने

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा २२, असार। पूर्वाधार मन्त्री सुनील लम्सालले काम नगर्ने प्रदेश मन्त्रीलाई थुन्ने र जनताको काम नगर्ने मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन्। नेपालमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका स्वायत्त सरकार रहेको सन्दर्भमा संघीय मन्त्रीको यस्तो अभिव्यक्तिले चर्चा पाएको छ।
आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका-५, दुलेगौँडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा मन्त्री लम्सालले यस्तो चेतावनी दिएका थिए। उनले जनताको काम नगर्ने वा नागरिकलाई अपहेलना गर्ने मेयर र काम नगर्ने प्रदेश मन्त्रीका बारेमा आफूलाई जानकारी दिन र त्यस्ता जिम्मेवार पदाधिकारीविरुद्ध कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने बताएका छन्।
मन्त्री लम्सालले यसअघि पनि काम नगर्ने ठेकेदाहरूको खुट्टा भाँच्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए, जसका कारण उनी चर्को आलोचनामा परेका थिए। ताजा अभिव्यक्तिको भिडियो क्लिप हाल सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
कार्यक्रममा मन्त्री लम्सालले जनताको पक्षमा इमानदारीपूर्वक काम गर्न सबै जनप्रतिनिधि र पदाधिकारी जिम्मेवार हुनुपर्ने औंल्याएका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link