‘सेवा नै जीवनको सर्वोत्कृष्ट धर्म हो र समाजका लागि गरिएको योगदान नै व्यक्तिको वास्तविक पहिचान हो’ भन्ने महात्मा गान्धीको अमर भनाइ पर्यटन व्यवसायी सुशील पन्तको जीवनमा दुरुस्तै चरितार्थ हुन्छ।
मानव जीवनका परिभाषा, उद्देश्य र अर्थहरू व्यक्तिपिच्छे फरक–फरक हुन सक्छन् । कसैका लागि जीवन केवल व्यक्तिगत सुख, भौतिक सम्पन्नता र आधुनिक सुविधाहरूको खोजी हुन सक्छ भने कसैका लागि यो व्यक्तिगत सफलताको उकाली चढ्ने निरन्तरको दौड मात्र। यही समाजमा केही यस्ता विरलै व्यक्तित्व हुन्छन्, जसका लागि जीवनको वास्तविक अर्थ आफ्ना लागि मात्र नभई समाज, राष्ट्र र समुदायका लागि योगदान पुर्याउनुमा निहित हुन्छ । यसैको पर्याय हो सुशील पन्त, जसका लागि जीवन भनेको सेवा, समर्पण र निरन्तरको रूपान्तरणकारी यात्रा हो । सेवालाई जीवनको वास्तविक सार मान्ने पन्त, पर्यटन व्यवसायमा सफलताको शिखर चुम्न सफल एक प्रेरणादायी, ऊर्जावान्, अध्ययनशील र दूरदर्शी युवा उद्यमी हुन् ।
वि.सं. २०३३ सालमा जन्मेका सुशील पन्त एउटा नाफामूलक व्यवसाय सञ्चालन गर्ने उद्यमीका साथै नेपालको पर्यटन क्षेत्रको गुणात्मक रूपान्तरण, सामाजिक उत्तरदायित्वको इमानदार वहन र संस्थागत सबलीकरणका लागि अहोरात्र खट्ने एक सिद्धहस्त व्यवसायी हुन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आसन्न निर्वाचनको मैदानमा महासचिव पदका सशक्त प्रत्याशीका रूपमा उत्रन गइरहेका पन्तसँग पर्यटन क्षेत्रलाई परम्परागत ढर्रा र सुस्तताबाट मुक्त गरी आधुनिक, डिजिटल, प्रतिस्पर्धी र परिणाममुखी बनाउने स्पष्ट भिजन, मिसन र व्यावहारिक रोडम्याप रहेको छ ।
कुनै पनि संस्थालाई कुशल, गतिशील र दूरदर्शी नेतृत्व प्रदान गर्नका लागि व्यावहारिक अनुभवका साथसाथै उच्च बौद्धिक योग्यता, नीतिगत स्पष्टता र प्रशासनिक ज्ञान हुन अत्यावश्यक हुन्छ । सुशील पन्त यस मामलामा परिपक्व, अब्बल र सबल छन् । सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका उनको गहिरो र व्यवस्थित अध्ययनले उनमा संस्थागत सञ्चालन, नीति निर्माण, जनसम्पर्क, द्वन्द्व व्यवस्थापन र उच्च व्यवस्थापकीय कौशलताको बलियो र वैज्ञानिक आधार तयार पारेको छ । प्रशासन र व्यवस्थापनको यो उच्च बौद्धिक पृष्ठभूमिले नै उनलाई नाट्टा जस्तो गरिमामय, ऐतिहासिक र पर्यटन क्षेत्रको छाता संस्थालाई वैज्ञानिक, पारदर्शी, समावेशी र व्यवस्थित ढङ्गले सञ्चालन गर्ने अद्वितीय सामथ्र्य र आत्मविश्वास प्रदान गरेको छ ।
सफलता कसैलाई पनि थालमा सजाएर उपहारस्वरूप वा रातारात मिल्दैन । आज पर्यटन क्षेत्रमा एक स्थापित, प्रतिष्ठित र सफल नाम बनिसकेका सुशील पन्तको व्यावसायिक यात्रा कडा मिहिनेत, धैर्य, निरन्तरको अध्ययन र अदम्य साहसको जगमा उभिएको छ । सन् १९९८ मा पर्यटन क्षेत्रमा सामान्य रूपमा प्रवेश गर्दा उनीसँग ठूलो आर्थिक पुँजी, व्यापारिक घरानाको पृष्ठभूमि वा पारिवारिक विरासत थिएन । उनीसँग थियो त केवल अद्भूत आत्मविश्वास, इमानदारिता, सिक्ने तीव्र इच्छाशक्ति र जुनसुकै परिस्थितिमा पनि कडा परिश्रम गर्ने दृढ बानी । लगातार चार वर्षसम्म पर्यटनका सूक्ष्म आयामहरूलाई नजिकबाट बुझेर व्यावसायिक जटिलता र व्यावहारिक चुनौतीहरूलाई भोगेका उनले सन् २००२ मा आफ्नै लगानी, जोखिम र आँटमा आफ्नै व्यवसायको जग बसाले ।
आज उनी पर्यटन क्षेत्रका दुई प्रतिष्ठित कम्पनीहरू गोर्खा इन्टरनेसनल ट्राभल्स प्रा. लि. र एडभेन्चर गोर्खाल्यान्ड ट्रेक्स एन्ड एक्सपिडिसन प्रा. लि. को प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन् । शून्यको अवस्थाबाट सुरु गरेर पर्यटनको बहुआयामिक पाटो, अन्तर्राष्ट्रिय बजारका उतारचढाव र आन्तरिक संरचनालाई गहिरोसँग बुझेका हुनाले नै उनलाई साना, मझौला र ठूला सबै तहका पर्यटन व्यवसायीहरूले भोग्नुपरेका वास्तविक समस्या, नीतिगत उल्झन र तिनका व्यावहारिक एवम् स्थायी समाधानका उपायहरू राम्रोसँग थाहा छ । उनी आफ्ना कम्पनीहरूको नाफा वृद्धिमा मात्र सीमित नरही समग्र पर्यटन क्षेत्रको व्यावसायिक सुरक्षा, श्रमिकहरूको हित र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न निरन्तर लागी परे ।
भनिन्छ– जिल्लाको एउटा मान्छे सफल हुँदा त्यहाँका आम नागरिकले त्यसको प्रत्यक्ष अनुभूति र लाभ पाउनुपर्छ, नत्र त्यो सफलताको कुनै सामाजिक औचित्य रहँदैन । यो उच्च मानवीय एवम् सामाजिक मान्यता राख्छन् सुशील पन्त । यही पवित्र र उदार भावनाका कारण उनी आफ्नो व्यवसायको चारकिल्लाभित्र मात्र सीमित नरही सामाजिक रूपान्तरण, शिक्षाको विकास र मानवीय सेवाका कार्यहरूमा निरन्तर सक्रिय रहँदै आएका छन् ।
उनले विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयहरूमा पुर्याएको आर्थिक, शैक्षिक तथा भौतिक सहयोगले देशको शिक्षा क्षेत्रमा ठूलो र सकारात्मक योगदान पुगेको छ । विशेष गरी गोरखा र धादिङका कयौँ दुर्गम, आर्थिक रूपमा विपन्नसामुदायिक विद्यालयहरूले उनको प्रत्यक्ष सहयोग र संरक्षकत्वको अनुभूति प्रत्यक्ष रूपमा गर्न पाएका छन् । विद्यालयका भवन निर्माण, पुस्तकालय स्थापना, गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण जस्ता कार्यहरूमा उनको भूमिका सदैव अग्रस्थानमा रहने गरेको छ ।
यसका साथै, समाजमा ओझेलमा परेका, आर्थिक र सामाजिक रूपमा पछाडि परेका वा पारिएका तथा फरक क्षमता भएका (बहिरा, दृष्टिविहीन तथा शारीरिक रूपमा अपाङ्गता भएका) व्यक्तिहरूलाई नैतिक, भौतिक र आर्थिक आड भरोसा दिँदै उनीहरूलाई आत्मनिर्भर र सम्मानजनक जीवन जिउन योग्य बनाउन पन्तले खेलेको भूमिका अनुकरणीय छ । उनी फरक क्षमता भएका व्यक्तिहरूद्वारा सञ्चालित विभिन्न संघ–संस्थाहरूमा नियमित रूपमा पुगेर उनीहरूको मनोबल बढाउने, तालिम तथा रोजगारका अवसरहरूसँग जोड्ने र आर्थिक सहयोग उपलब्ध गराउने कार्यमा तल्लीन रहन्छन् । उनको यो सेवा भावना कुनै प्रचारबाजी, मिडियाबाजी वा सस्तो लोकप्रियता हासिल गर्ने नियतले प्रेरित नभई विशुद्ध मानवीय संवेदना, आन्तरिक करुणा र सामाजिक उत्तरदायित्वको गहिरो बोधबाट प्रेरित छ ।
आजको राजनीतिक, सामाजिक र व्यावसायिक क्षेत्रमा ठूला–ठूला कुरा गर्ने, देखावटीपनमा रमाउने र प्रचारबाजीको होडबाजी गर्ने प्रवृत्ति निकै हाबी छ । तर, सुशील पन्तको व्यक्तित्व भने यसभन्दा बिलकुल फरक, शालिन, गम्भीर र आदरणीय छ । उनी ‘आफ्नो काम सानो र शान्त होस् तर त्यसको परिणाम ठूलो र दूरगामी होस्’ भन्ने कर्मयोगी सिद्धान्तमा दृढ विश्वास गर्छन् ।
उनी विभिन्न सामाजिक, सांस्कृतिक र व्यावसायिक संघ–संस्थाहरूमा लामो समयदेखि सक्रिय रूपमा आबद्ध रहँदै आएका भए तापनि अनावश्यक रूपमा मिडियामा देखिने भन्दा आफ्ना ठोस कर्म, योजना र नतिजामार्फत मानिसहरूको मनमा बढी सुनिने स्वभावका छन् । उनी पर्यटन व्यवसायमा विद्यमान कुनै पनि सङ्कीर्ण गुट, उपगुट, दलीय राजनीति वा पूर्वाग्रहबाट पूर्णतः माथि छन् । उनको यही तटस्थ, निष्पक्ष, सर्वस्वीकार्य र गुटमुक्त छवि नै नाट्टा जस्तो सबैको साझा र गरिमामय संस्थालाई कुनै विशेष समूह वा स्वार्थी गठबन्धनको घेराबन्दीमा पर्न नदिनका लागि सबैभन्दा ठूलो ढाल र बल हो । उनी सबैसँग मधुर समन्वय गरेर अगाडि बढ्न सक्ने, अग्रजहरूको सम्मान गर्ने, समकक्षी र युवाहरूका विचारलाई ध्यानपूर्वक सुन्ने अनि न्यायोचित एवम् सर्वसम्मत निर्णय लिने क्षमता राख्ने एक शालिन, बौद्धिक र परिपक्व व्यक्ति हुन् ।
नेपालमा विश्वलाई नै आकर्षित गर्न सक्ने प्राकृतिक सुन्दरता, सर्वोच्च शिखर सगरमाथा, हिमश्रृङ्खलाहरू, जैविक विविधता र समृद्ध सांस्कृतिक सम्पदाको अथाह भण्डार हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारबाट सोचेजस्तो र अपेक्षित रूपमा पर्यटकको सङ्ख्या नबढेकोमा सुशील पन्त अत्यन्तै गम्भीर, दुःखी र चिन्तित छन् । दशकौँ पुराना र परम्परागत बजारीकरणका शैलीहरू, सुस्त प्रशासनिक प्रक्रिया र पुराना नीतिहरूले अबको २१ औँ शताब्दीको आधुनिक र प्रविधिमैत्री पर्यटनलाई अगाडि बढाउन सक्दैन भन्नेमा उनी पूर्णतः प्रष्ट छन् । त्यसैले उनसँग नेपालमा धेरैभन्दा धेरै गुणस्तरीय, उच्च खर्च गर्ने र लामो समय बस्ने पर्यटकहरू भिœयाउने स्पष्ट ‘आउट अफ दि बक्स’ योजना र नयाँ रणनीतिक ढाँचाहरू रहेका छन् ।
उनीसँग नेपालको पर्यटन प्रवद्र्धनका लागि केही विशेष, मौलिक र दूरदर्शी ‘सिग्नेचर प्रोजेक्टहरू’ छन्, जुन दृष्टिकोण पर्यटन क्षेत्रका अन्य परम्परागत सोचभन्दा निकै भिन्न, व्यावहारिक र नतिजामुखी छन् । उनी नाट्टालाई केवल साधारण औपचारिक कार्यक्रमहरूमा मात्र सीमित नराखी यसलाई पूर्ण रूपमा प्रविधिमैत्री, डिजिटल र डाटा–ड्रिभन संस्थाका रूपमा रूपान्तरण गर्न चाहन्छन् । उनको योजना अनुसार नाट्टाका सम्पूर्ण प्रशासनिक कार्य, सदस्यता वितरण, व्यवसायीहरूका समस्या सङ्कलन, तालिम कार्यक्रमहरू र अन्तर्राष्ट्रिय बजारीकरणलाई आधुनिक डिजिटल प्लेटफर्ममार्फत सञ्चालन गरिनेछ, जसले गर्दा विश्व पर्यटन बजारमा नेपालको बजारीकरण अत्यन्तै द्रुत, प्रभावी र आधुनिक तरिकाले हुन सक्दछ ।
नेपालको पर्यटन क्षेत्रमा दर्जनौँको सङ्ख्यामा क्रियाशीलसंघ–संस्थाहरू नभएका होइनन् । तीमध्ये सन् १९६६ मा स्थापित नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स सबैभन्दा पुरानो, गरिमामय, ऐतिहासिक र नेतृत्वदायी छाता संस्था हो । आजको विषम परिस्थितिमा नाट्टालाई एउटा यस्तो गतिवान् र इमानदार नेतृत्वको खाँचो छ, जसले संस्थाको गुमेको वा सुस्त बनेको साखलाई पुनः उच्च उँचाइमा पुर्याउन सकोस्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाट्टाको उपस्थिति सशक्त बनाउन सकोस् र साना तथा मझौला व्यवसायीका वास्तविक समस्याहरूलाई सरकार र सम्बन्धित निकायहरूसम्म पु¥याएर तिनको ठोस समाधान निकाल्न सकोस् ।
सुशील पन्त जत्तिको उच्च बौद्धिक व्यावसायिक रूपमा परिपक्व (झण्डै तीन दशकको अनुभव), सामाजिक रूपमा समर्पित र पूर्ण रूपमा निष्कलङ्क व्यक्तित्वलाई नाट्टाको कार्यसमितिमा महासचिवकोजिम्मेवारीदिने हो भने नेपालको पर्यटन प्रवद्र्धन, व्यवसायीहरूको हकहित संरक्षण र नीतिगत सुधारका क्षेत्रमा एक ऐतिहासिक र उल्लेखनीय मोड आउन सक्छ । उनीसँग नाट्टालाई नयाँ सोच, आधुनिक डिजिटल दृष्टिकोण, समावेशी कार्यशैली र पारदर्शी रणनीतिका साथ अगाडि बढाउने अद्भूत क्षमता, स्पष्ट मिसन र दूरदर्शी लक्ष्य रहेको छ ।
सुशील पन्त ओहोदा वा पद प्राप्तिका लागि मात्र नाट्टाको चुनावी मैदानमा उत्रन गइरहेका छैनन्; उनी त नाट्टा जस्तो ऐतिहासिक संस्थालाई नयाँ ऊर्जा, प्रविधिमैत्री दिशा, व्यावसायिक सुरक्षा र अन्तर्राष्ट्रिय पहिचान दिने पवित्र उद्देश्यका साथ आएका हुन् । शून्यबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेर सफलताको उकाली चढेका, आफ्नो सफलतासँगै सामाजिक दायित्वलाई सँगै जोडेर हिँडेका, गाउँ–गाउँका विद्यालय र अशक्त मानिसहरूलाई सहयोग गरेका अनि पर्यटन क्षेत्रको नीतिगत र संरचनात्मक सुधारका लागि स्पष्ट मार्गचित्र बोकेका पन्त जत्तिको निष्पक्ष, समावेशी र क्षमतावान् व्यक्ति नाट्टाको नेतृत्वमा आउनु सम्पूर्ण पर्यटन व्यवसायीहरूका लागि एक स्वर्ण अवसर र गौरवको विषय हो। 
आगामी नाट्टाको निर्वाचनमा महासचिव पदका प्रत्याशी सुशील पन्तलाई आफ्नो अमूल्य मत दिएर विजयी गराउनु भनेको नाट्टालाई एक आधुनिक, डिजिटल, पारदर्शी, निष्पक्ष र परिणाममुखी संस्था बनाउने बृहत् अभियानमा सहभागिता जनाउनु हो । उनको सबल र दूरदर्शी नेतृत्वले नेपालको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्नेछ र नाट्टाको गरिमालाई सफलताको नयाँ उँचाइमा पुर्याउनेछ ।




