Skip to content
Pokharapress Logo
९ भाद्र २०८३, मंगलवार

प्रधानमन्त्रीको निजी भ्रमण हुँदैन, काठमाडौंमा हावा थिएन र जानुभएको हो?’हर्क राईको प्रश्न

प्रधानमन्त्री पदमा रहँदा सम्म आफ्नो निजी भ्रमण हुँदैन्

loading views..
Nepal Telcome

काठमाडौं, ९ भदौ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भनिएको मुस्ताङ भ्रमणप्रति प्रश्न उठाउँदै संसद्मा स्पष्ट जवाफ दिन माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्री पदमा रहेको व्यक्तिको भ्रमणलाई व्यक्तिगत भन्दै पन्छिन नमिल्ने तर्क गरे। प्रधानमन्त्रीसँग सरकारी सुरक्षा संयन्त्रसमेत परिचालित हुने भएकाले भ्रमणको उद्देश्य र प्रक्रियाबारे संसद्लाई जानकारी गराउनुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री आफ्नो निजी भ्रमणमा जानुभएको भन्ने आएको छ। प्रधानमन्त्रीको निजी भ्रमण हुँदैन। उहाँ एक्लै जानुभएको होइन, सरकारी सुरक्षा संयन्त्र पनि स्वतः परिचालित हुन्छ,’ राईले भने, ‘मन्त्रिपरिषद् र संसद्लाई जानकारी नदिई जानुभएको हो भने सदनमा तत्काल जवाफ दिनुपर्छ। के खान जानुभएको हो? के चाख्न जानुभएको हो? त्यो पनि भन्नुपर्छ।’

राईले मुलुक बाढीपहिरो तथा अन्य विपद्बाट प्रभावित भइरहेका बेला सुनसरीको बराहक्षेत्र क्षेत्रमा कोशी नदीको तीव्र कटानबाट खेतीयोग्य जमिन नष्ट भइरहेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए।

उनले कोशी ब्यारेजका ५६ वटा ढोका आवश्यकताअनुसार सञ्चालन नगर्दा बाढीको जोखिम थपिने गरेको दाबी गर्दै नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरे।

‘बराहक्षेत्रमा विघौँ–विघा खेतीयोग्य जमिन कोशीले काटेर नष्ट गरिरहेको छ। सरकारले यसतर्फ तत्काल कदम चाल्नुपर्छ,’ उनले भने।

राईले कोशी ब्यारेजका ढोका खोल्ने अधिकार कससँग छ भन्ने प्रश्न गर्दै हरेक वर्ष बाढीका कारण खेतीयोग्य जमिन डुबान र कटानमा पर्ने अवस्थाको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए।

बैठकमा उनले बलात्कार तथा हत्याजस्ता जघन्य अपराधप्रति पनि सरकार गम्भीर बन्नुपर्ने माग गरे। कानुनी कमजोरीको फाइदा उठाएर अपराधी उम्किने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।

विशेषगरी नाबालिकामाथि हुने बलात्कार र हत्याका घटनामा कानुनलाई स्पष्ट र प्रभावकारी बनाउँदै दोषी प्रमाणित भएकालाई कठोर सजायको व्यवस्था गर्नुपर्ने राईले माग गरे।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link