Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। आजदेखि काठमाडौंमा सूरु हुन लागेको नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

बैठकमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई केन्द्रीय कमिटीमा पठाउने निर्णय गरिएको थियो।

सम्मेलनले नीति र नेतृत्व चयन गर्ने भएपछि पार्टीको तल्लो तहबाटै महाधिवेशन भन्दै आएकोले महाधिवेशनबाटै अघि बढ्न प्रचण्डले प्रस्ताव गरेपछि केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको शिक्षामन्त्रीसमेत रहेका माओवादी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए ।
आज (आइतबार)सम्मेलनको उदघाटन अघि विहान ८ बजे केन्द्रीय समितिको बैठक बस्दैछ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link