Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

एमाले ,कांग्रेश र माओबादीलाई भोट नदिन राजेन्द्र लिंङ्देलको अनुरोध

loading views..
Nepal Telcome

गोरखा।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने दाबी गरेका छन्।

बिहीवार गोरखा सदरमुकाममा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले ती पार्टीहरुलाई भोट दिएर विगतमा गरेको गल्ती नदोहोऱ्याउन आग्रह गरेका हुन्।

‘३१ वर्षदेखि केही सीमित राजनीतिक दल र तीनका सिमित नेताको चक्रव्यूमा देशसँगै हामी पनि फसेका छौ,’ उनले भने, ‘अबको चुनावमा पनि त्यही दलहरुलाई भोट दिने हो भने हामी वर्वाद हुने मात्र होइन हाम्रो भावी सन्ततिको भविष्य पनि बर्वाद हुन्छ।’

सभामा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री कुन्ती कुमारी शाही, प्रवक्ता मोहन श्रेष्ठ र ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा, प्रवास आइसिसी संयोजक प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु रामराजा कोइराला, लोकनाथ तिवारीलगायतले सम्बोधन गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link