Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

नेपाललाई श्रीलंकापथमा जानबाट रोकौंः नारायणकाजी श्रेष्ठ

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा श्रीलंकाको अवस्थामा पुग्ने बताउनु भएको छ।

उहाँले देशलाई श्रीलंकाको स्थितिमा पुग्नबाट बचाउनका लागि समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामुहिक एवं संगठित प्रयत्न गर्न आह्वान गर्नु भएको छ ।

‘हामी अहिल नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सहि नै हो’, सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ, ‘तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार-सिध्दान्त एवं मुल्यविहीन भ्रष्ट-स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालिकृत सत्ता,समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो,एउटा वा अर्को रुपमा पुर्‍याउने त्यतै हो ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link