Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

गोरखा क्षेत्र नं. २ मा माओबादी बाहेक अरुको उम्मेदवार हुँदैन्ःनारायणकाजी

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा।नेकपा माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघिय निर्वाचनमा गोरखा क्षेत्र नं.२ मामाओबादी बाहेक अरुको उम्मेदवार नहुने बताएका छन् । महान् शहिद सुरेश वाग्ले बासु र भिमसेन प्रोखरेल बैरागीको २४ औ स्मृतिसभाको लागि पालुडटार नगरपालिका वडा नं. २ आँपपिपल आइपुगेका श्रेष्ठले सो कुरा बताएका हुन् । महान् शहिद सुरेश वाग्लेप्रति भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शुरेश वाग्ले बासुको दश बर्षे महान् जनयुद्धमा महत्वपुर्ण योगदान रहेकाले उहाँको सपना पूरा गर्नमाओबादी केन्द्र लागि पर्ने बताए आज ती महान् शहिदहरु सुरेश वाग्ले बासु भिमसेन प्रोखरेल बैरागीहरुको रगतले संघियलोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो भन्दै नेता श्रेष्ठले विचार ब्यक्त गरेका थिए । उपाध्यक्ष श्रेष्ठले गोरखा क्षेत्र नं.२ मा नेपालसमाजबादीका अध्यक्ष डा बाबुराम भटाराईलाई  संकेत गदै  माओबादी पार्टीले कसैलाई पनि टिकट नदिएको बताएका छन् । डा०बाबुराम भट्टराई क्षेत्र नं. २ मेरै उम्मेदवारी पक्का हो जस्तो गरी हिडेकाले अन्यौल सृजना भएको छ  उनले भने बाबुराम जी ले हाम्रो पार्टीको चुनाब चिन्ह लिएर चुनाब लडने भनेको सत्य हो । तर को कहाँ भनेर निर्णय भएको छैन् । पार्टी अध्यक्ष प्रचण्ड सहितको छलफलमा डा बाबुराम भटाराईले त्यस्तो दाबी नगरेको पनि नेता श्रेष्ठले बताए । काठमाडौं, सर्लाही र नबलपरासी ३ क्षेत्रमा टिकटमाग गर्नु भएको हो । उहाँको बिषयमा गठबन्धन वा हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन। जिल्ला पाटीले मेरो पनि नाम सिफरिसगरेको छ नेता श्रेष्ठले भने पार्टीले जे निर्णय गर्छ त्यहि मान्दै पार्टीको उम्मेदारलाई बिजय गराउनु पर्छ  यसमा कुनै दुबिधा मान्नु पर्ने छैन्।आज गोरखाका तीनवटा पालिका (गोरखा नगरपालिका, बारपाकसुलिकोट गाउँपालिका र पालुडटार नगरपालिका)ले वासुसुस्मृति सभा बिभिन्न कार्यक्रम गरी मनाएका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link