Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

पत्रकारको जीवन रक्षाको लागि प्रशासनसँगअपिल

loading views..
Nepal Telcome
नदीपुर दुध

म्याग्दी।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले पत्रकार धम्काउने व्यक्तिलाई पहिचान गरि कारबाहीको माग गरेको छ ।
सेन्टरका बाग्लुङ शाखा उपाध्यक्ष तथा इलाकाखबर डटकमका सम्पादक सज्जनकुमार सिंहलाई गणेश गेमिङ नामको फेसबुक ठेगानाको म्यासेन्जर मार्फत धम्की आएको हो । प्रेस सेन्टर गण्डकीका महासचिव सन्तोष गौतमले शनिबार एक विज्ञप्ति जारी गरेर धम्की दिने व्यक्ति यथास्रिघ पहिचान गरि कानुनी कारबाहीका साथै पत्रकार सिंह र उहाँका परिवारको भौतिक सुरक्षाका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग माग गर्नुभएको छ ।

“सञ्चार माध्यममा प्रकाशन, प्रशारण भएका समाचारका विषयामा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सीलमा उजुरी गर्ने लगायत विकल्प हुँदा हुदै गलत तरिका र प्रविधिको दुरुपयोग गरेर धाकधम्कीमा उत्रिनु अपरोध हो,” विज्ञप्तिमा भनिएको छ “पत्रकारलाई धम्काएर त्रास सिर्जना गराई नागरिकलाई सत्य, तथ्य सूचना पाउने अधिकार कुण्ठित बनाउने मनसायले यस्तो गतिबिधी भएको संगठनको ठहर छ ।”

स्वतन्त्र र भयरहित वातावरणमा पत्रकारिता गर्ने वातावरण सिर्जना गराउन पनि संगठनले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । फेसबुकमा संकास्पद ठेगाना बनाएर परिवारका सदस्यहरुलाई डर, त्रास सिर्जना गरी ज्यानै लिनेसम्मको धम्की आएको सिंहले बताउनुभएको छ । यसअघि प्रेस सेन्टर बाग्लुङ र पत्रकार महासंघ बाग्लुङ शाखाले सो घटनाप्रति ध्यानाकर्षण भएको जनाउदै धम्काउनेलाई पहिचान, कारबाही र सुरक्षाको माग गरेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link