Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

चितवन निर्वाचन क्षेत्र नम्बर ३ एमालेको उम्मेदवार बिहिन

loading views..
Nepal Telcome

पोखरा। गत निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट भारी मतका साथ बिक्रम पाण्डेलाई नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा जितेका यो क्षेत्र यसपटक भनेएमालेको कारण थप रोचक हुने देखिएको छ। सोही क्षेत्रमा उम्मेदवारी दिएका नेकपा एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ। पार्टी केन्द्रले नै न्यौपानेको उम्मेदवारी फिर्ता लिने निर्णयसहितको पत्र पठाएपछि उनको उम्मेदवारी फिर्ता भएको हो।

निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ का  सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलका अनुसार पार्टीले नै उनको उम्मेदावारी फिर्ता गराएको हो।
एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाई सहयोग गर्ने उद्देश्यसहित उम्मेदवारी फिर्ता गरेको बताइएको छ।
अहिले चितवन– ३ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन भने राप्रापाबाट ठेकेदारसमेत रहेका विक्रम पाण्डेको मनोनयन दर्ता भएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link