गोरखा।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा गाेरखा क्षेत्र न २ प्रदेश ख का उम्मेदार सुरेन्द्रराज पाण्डेले पुष्पकमल दाहाल प्रचण्डलाई अत्यधिक मतका साथ बिजय गराएर रेकर्ड ताेड्ने बताएका छन् ।
शनिबार गाेरखाकाे नेपाली काङ्ग्रेसकाे पार्टी कार्यालय तिनधारेमा उम्मेदारकाे परिचयत्मक तथा अगुवा कार्यकर्ता अभिमुखी कार्यक्रममा साे कुरा बताएका हुन् । नेकपा माओबादी केन्द्रकाे सच्चा मित्र भनेकाे नेपाली काङ्ग्रेस हाे र काङ्ग्रेसकाे मित्र भनेकाे नेकपा माओबादी पार्टी नै हाे भन्दै नेता पाण्डेले राजनीतिक भनेकाे लैलै र भाबनामा डुबेर नहुने बताएका छन् ।
२०६४ सालमा जसरी बाबुराम भट्टराईद्वारा रेकर्ड ताेड्ने काम भयाे त्यसरी नै प्रचण्डद्वारा रेकर्ड ताेडिने बिश्बास दिलाएका छन् । जहाँ हसियाँ हथौडा देखिन्छ त्यही मतदान गर्नुस् जहाँ रूख देखिन्छ त्यहि मतदान गर्न सबै गठबन्धन दलका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
नेता पाण्डेले एमाले नेता केपी ओलीले संविधान च्यातेर गणतन्त्रलाई उल्टाे दिशातिर लगिराखेकाले त्यसलाई राेक्न र संबिधानलाई सहि ठाउँमा ल्याउन गठबन्धन भएकाे हाे । याे गठबन्धन ऐतिहासिक आवश्यकता रहेकाले माओबादी र काङ्ग्रेस नभनिकन गठबन्धनलाई मत दिन विशेष अनुराेध गरेका छन् ।
द्वन्द्वकालकाे घाउ काेट्याउनु भनेकाे तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद काेइराला र प्रचण्डकाे अपमान हुने बताए । दुई नेताकाे हस्ताक्षर भई सम्झाैता भएर देशमा शान्ति र संविधान ल्याउने गिरिजा प्रसाद काेइराला शान्ति नायक हुने र अर्काे हस्ताक्षरकर्ता पुष्पकमल दाहाल प्रचण्ड कसरी खलनायक हुन सक्छन् भनेेर प्रति प्रश्न गरे।
