Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

बाम लाेकतान्त्रिक गठबन्धन सम्बद्व धार्चे गाउँपालिका स्तरिय प्रशिक्षण कार्यक्रम समपन्न

loading views..
Nepal Telcome
नदीपुर दुध

गाेरखा । गाेरखामा बाम लाेकतान्त्रिक गठबन्धनले आफ्ना जनबर्गिय संगठनहरुलाई भेला गरेर प्रशिक्षण दिन शुरु गरेकाे छ ।बुधबार गाेरखाकाे धार्चे गाउँपालिकाकाे धार्चे गाउँपालिका स्तरिय प्रशिक्षण कार्यक्रम माछी खाेलामा गठबन्धनमा आबद्व दलहरुका युबाहरुलाई चुनाबी रणनिति बारे प्रशिक्षण गरिएकाे पुर्ब शहरी बिकास राज्य मन्त्री छम बहादुर गुरुङले जानकारी दिए ।

वाईसियल नेपालका धार्चेका संयाेजक सुशील गुरुङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथी पुर्ब कृषि मन्त्री लेख बहादुर थापाले गरेका थिए ।

प्रमुख अतिथी थापाले नेकपा एमाले जस्ताे गफाडी पार्टीहरुले साेझा साझा जनतालाई झुक्याएर भ्रम फिंजाएर आफ्ना पक्षमा मतदान झार्न सक्ने भएकाले त्यसलाई गठबन्धनकाे स्पिरिट अनुसार अघि बढ्दै प्रत्येक घर घरमा गएर गठबन्धनकाे बारेमा सहि कुरा बताउँदै एमाले जस्ताे प्रतिगमनकारी शक्तिलाई मतदान नगर्न गठबन्धनका नेता तथा कार्यकर्ता लाग्नु पर्ने बताए ।

प्रतिगमनलाई मत दियाै भने देशमा अराजकता देश उल्टाे दिशा तिर जाने भएकाले जसरी पनि दम्भी घमण्डी केपी ओलीकाे कम्पनिलाई लज्जास्पद हार बनाउनु अहिलेकाे प्रमुख आबश्यकता हाे उनले भने ।

हामी गठबन्धनमा भएका पार्टीका नेता कार्यकर्ता ईमानदारीका साथ गठबन्धनकाे पक्षमा ९० %मत झारी एउटा उदारणिय बन्नु अहिलेकाे तत्कालिन आबश्यकता रहेकाे नेता थापाकाे भनाई छ ।

साेहि कार्यक्रममा पुर्ब शहरी राज्य मन्त्री छम बहादुर गुरुङ, नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति ईमानसिह बस्नेत र क्षेत्रिय सभापती नारायण प्रसाद लामिछने लगाएतले मन्त्वय राखेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link