Skip to content
Pokharapress Logo
२१ मंसिर २०८२, आईतवार

प्रचण्ड नेपाली राजनितिमा हलचल पैदा गर्ने र नयाँ नयाँ प्रयोग गर्ने नेता हुन:राजेन्द्र बझगाई

loading views..

गोरखा। गोरखा क्षेत्र न १ का प्रतिनिधि सभाका उम्मेदार राजेन्द्र बज्गाईले प्रचण्डले नेपाली राजनितिमा हलचल पैदा गर्ने र नयाँ नयाँ प्रयोग गर्ने नेता भएको बताएका छन् ।

आईतबार गोरखाको शहिद लखन गाउँपालिका घैरुड बतासेमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै उम्मेदार बज्गाईले नेकपा एमालेले पाएको मत नेकपा माओबादी केन्द्रको पपुलर मत भएकाले बल्ल दुई तिहाई नजिक पुगेको हो त्यसैले केपीओलीको पार्टीलाई बाम लोकतान्त्रिक गठबन्धनले सहज परास्त गर्नु पर्नै बताए ।

प्रचण्ड नेपालका एक आर्दशको पात्र भएकाले नेपालका ठुला ठुला परिबर्तन नेकपा माओबादीका अध्यक्ष प्रचण्ड र नेपाली काडग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाको अग्रसरमा भएको हो त्यसमा हाम्रो गठबन्धनमा कुनै शंका नगर्न गठबन्धनका नेता कार्याकर्तालाई इमानदारीका साथ भोट दिएर प्रचण्ड र गिरिजा प्रसाद कोईरालाको भाबलाई बुझेर अहिलेको प्रमुख बिषय भएकाले यसमा एक भएर लाग्नु पर्ने गठबन्धको जित र प्रतिगमन हार भएको उनले भने ।

यदि मैले गोरखा क्षेत्र न १ बाट प्रतिनिधि सभाको सदस्य जिते भने मैले कसैलाई काख र पाखा नगर्ने पनि उम्मेदार बझगाईले चुनाबी सभा कार्यक्रममा प्रतिबद्धिता ब्यक्त गरे ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्