Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

ओलीको अहङ्कारले एमाले यहीँ चुनावबाट पत्तासाफ हुँदै:प्रचण्ड

loading views..
Nepal Telcome
संसदिय दलको नेता प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले केपी शर्मा ओली अहङ्कारी रूपमा उदाएपछि वाम गठबन्धन टुटेको बताउनु भएको छ।
मंगलबार सुर्खेतको लेखबेशी नगरपालिकाको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले वामपन्थीको खोलभित्र अहङ्कारी रूपमा ओली उदाएकाले वाम गठबन्धन टुटेको बताए।
अहिलेको गठबन्धन १५ वर्षसम्म लैजाने आफूहरुले सङ्कल्प गरेको बताउँदै अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष ओलीसँग अब कुनै सहकार्य नहुने बताए। ‘यो गठबन्धन १५ वर्ष जाने छ र देशमा शान्तिको नयाँ युगको सुरुवात हुने छ,’ उहाँले भन्नुभयो, ‘गठबन्धन शान्ति सम्झौताकै निरन्तरता हो, देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहन्छ।’
केपी ओलीमा चरम अहंकार देखिएको भन्दै प्रचण्डले सत्ता कब्जा गरेर निरङ्कुश तरिकाले सत्ता सञ्चालन गर्ने र अहिलेसम्मका सबै उपलब्धि एवं परिवर्तनलाई उल्टाउने दुस्प्रयास गरेपछि गठबन्धन बनाउनु परेको बताए।

ओलीको अहङ्कारले एमाले यहीँ चुनावबाट बढारिने प्रचण्डले बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link