गाेरखा। गाेरखामा बिगत एक हप्ता देखि खाली रहेकाे सिडियो गाेरखाले पाएको छ । गोरखाको प्रमुख जिल्ला अधिकारीका रुपमा दिनेश सागर भुषाल आउने भएका छन् ।आज बसेको प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयबाट सहसचिव भुषाललाई गोरखाको प्रजिअको रुपमा तोकिएको हो ।
भुषाल भोलि गोरखा आउने जिल्ला प्रशासन कार्यालय गाेरखाका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले जानकारी दिए । उनी यस अघि कर्णाली प्रदेशमा सचिबकाे रुपमा कार्यरत थिए ।