राष्ट्रपति जस्ताे गरिमामय पदमा सर्बदलिय सहमति हुनु आबश्याक : उप प्रधानमन्त्री श्रेष्ठ

राष्ट्रपति जस्ताे गरिमामय पदमा सर्बदलिय सहमति हुनु आबश्याक : उप प्रधानमन्त्री श्रेष्ठ

गाेरखा।  नेकपा माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष तथा नेपाल सरकारका उप प्रधानमन्त्री एंबम भाैतिक पुर्बाधार मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति जस्ताे गरिमामय पदमा सर्ब दलिय सहमति आबश्याक रहेकाे बताएका छन् ।

आइतबार गृह जिल्ला गाेरखा सदरमुकाम आईपुगेका श्रेष्ठले पत्रकारहरुसँग कुराकानीमा सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रपतिकाे सन्दर्भमा गम्भीर र जिम्मेवार बाेधका साथ सबै बसेर एउटा निष्कर्षमा पुगाैं भन्ने प्रण गरेका छाैं उनले भने ।

जसरी प्रधानमन्त्रीले बिश्बासकाे मत एक अभुत पुर्ब समर्थनबाट बिश्बासकाे मत लिनु भयाे ठिक त्यसरी नै राष्ट्रपतिमा जान सकियाे भने उत्तम हुने बताए ।

हाम्राे पार्टीले कुनै दललाई दिने वा नदिने केही नभनेकाे पनि उपप्रधानमन्त्री श्रेष्ठले पत्रकार भेटघाट मार्फत जानकारी गराए । राष्ट्रपतिकाे बिषयमा सबै दल संग छलफल भएता पनि ठाेस निष्कर्षमा नपुगेकाे उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.