Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

तत्कालिन जनसरकार प्रमुख अमर तमुले पाए गाेरखा जिल्ला इन्चार्जकाे जिम्मेवारी

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। जनयुद्वकाे समयमा गाेरखा जिल्ला जनसरकार प्रमुख कुशलता पुर्बक जिम्मेवारी निर्बाह गरेका अमर तमु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाको इन्चार्जमा सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका तमुलाई गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।

यसअघि गाेरखाकाे जिल्ला ईन्चार्ज रहनु भएका नेता कृष्ण धिताल गण्डकी प्रदेशकाे सभामुख भए पछि रिक्त रहेकाे जिल्ला इञ्चार्जमा अमर तमुलाइ जिम्मेवारी प्रदान गरिएकाे माओवादी केन्द्रले जानकारी दिएकाे छ ।

वि.स २०५३ सालमा पार्टीको पूर्णकालिन सदस्य भएर जनयुद्धमा लागेका नेता तमु वि.स २०५५ सालमा पार्टीको जिल्ला कमिटी सदस्य, २०५८ सालमा उपव्युरो सदस्य तथा पार्टीको गोरखा जिल्लाको जनसरकार प्रमुख बनेका थिए ।

२०५९ मा तत्कालिन नेकपा माओवादीको तत्कालिन क्षेत्रिय व्युरो सदस्य रहेका उनले वि.स २०६० देखि ०६१ सम्म कास्की जिल्लाको इन्चार्जको कमाण्ड सम्हालेका थिए ।

२०६९ साल देखि केन्द्रीय सदस्य रहँदै आएका छन् । पार्टी भित्र इमान्दार छवि भएका गुरुङ तमु राष्ट्रिय मुक्ति माेर्चाकाे केन्द्रीय अध्यक्ष समेत रहिसकेका छन् । पार्टीमा उनी कुशल नेतृत्व रहेका छन् । भद्र र शालिन स्वभावका नेता तमु अफ्ठेराे अवस्थामा पार्टीका लागि कुशल शैलीले काम गर्दै आएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link