Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

एमालेमा जबज भन्दा केपि ओली ठुलाे हाेइन : पुर्ब मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङ

loading views..

गोरखा। नेकपा एमालेका उपमहासचिब तथा गण्डकी प्रदेशका पुर्ब मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले केपि ओली भन्दा जनताकाे बहुदलिय जनाबद ठुलाे भएकाे बताएका छन् ।मंगलबार गाेरखा सदरमुकामकाे निर्माण ब्याबशायीकाे हलमा आयाेजित राष्टि्य युबा संघ नेपालकाे आठाै जिल्ला अधिबेशनलाई सम्बाेधन गर्दै नेता गुरुङले एमाले देशमा थियाे र राष्ट्रिय स्वाधिनताकाे मुद्दामा आफ्नाे अडान नछाडेकाे जिकिर गरे । एमाले नै त्यस्ताे पार्टी हाे भन्दै हामी भन्दा केपि ओली ठुलाे र केपि ओेली भन्दा जनताकाे बहुदलिय ब्यबस्था ठुलाे भएकाे उनकाे भनाई छ । ब्यक्ति भन्दा संस्था माथि हुने भएकाले ब्यक्ति आईरहन्छ गईरहन्छ तर संस्था भने सधै रहिरहने उनले बताए । युबा संघकाे गतिलाई अघि बढाउन भाेलिकाे एमालेकाे नेता उत्पादन गर्न गाेरखाबाट नेता निस्कने बिश्बास ब्यक्त गरे ।

युबा संघकाे कार्यक्रममा सबिन खड्का असिम श्रेष्ठलाई सम्मान गरिएकाे युबा संघ गाेरखाका अध्यक्ष सचिन राेकाले जानकारी दिए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्