Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

कोशी प्रदेशमा सरकार नफेरिने एमालेलाई हाइसन्चो

loading views..
Nepal Telcome

विराटनगर । एमालेले नेतृत्व गरेको गण्डकी प्रदेश सरकारबाट बाहिरिएको माओवादी केन्द्र कोशी प्रदेशमा भने एमाले नेतृत्वको सरकारबाट तत्काल नबाहिरिने भएको छ ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सरकारबाट आफ्ना मन्त्रीहरु तत्काल फिर्ता नहुने बताएका हुन् ।

‘अरु प्रदेशको सत्ताको समीकरणको अवस्था र हाम्रो प्रदेशको सत्ता समीकरणको अवस्थामा केही भिन्न अवस्था छ । अहिलेको सरकारलाई विस्थापित गरेर नयाँ सरकार सहजै आउने अवस्था पनि यो प्रदेशमा छैन,’ उनले भने ।

उनले कोशी प्रदेशमा मध्यावधिमा जाने कुरा पनि हल्ला मात्रै भएको बताए । ‘मध्यावधिमा जाने कुरा कहाँबाट आयो । कुनैपनि हालतमा प्रदेश मध्यावधिमा जाने कतैपनि सम्भावना छैन । यो सामान्य गणितले पनि त्यही भन्छ । दोस्रो कुरा सभामुखको राजीनामा बारे हामीले कल्पना पनि गरेका छैनौं । सभामुखले राजीनामा नगरि पनि सरकार बन्ने कुराको निम्ति कतै पनि अवरोध अहिले छैन,’ उनले भने, ‘जहाँसम्म अहिलेको सरकारमा माओवादी पार्टी सहभागी छ । अहिले तत्काल हामीले सरकारबाट हाम्रो मन्त्रीहरु फर्किने या सरकारलाई दिएको विश्वासको मत अहिले नै हामीले फिर्ता लिने पक्षमा हामी छैनौं ।’

केन्द्रको गठबन्धनले पनि हाम्रो कोशी प्रदेशको समीकरणको बारेमा सामान्य चासो र सामान्य जानकारी लिने कुरा भएपनि ठोस रुपमा कसरी अगाडि जाने भन्ने बारेमा कुनै निर्देशन नभएको पनि उनले बताए । ‘यहाँ विशिष्ट अवस्था भएको कारणले गर्दा पनि वर्तमान सरकार फेरबदलक र नयाँ सत्ता समीकरणको बारेमा सोचिसकेका छैनौं,’ आङ्बोले भने, ‘अहिले स्थितिको परिपक्वता होस् । समग्र केन्द्रको राजनीतिक अवस्था कसरी अगाडि बढ्छ । त्यो अनुसार प्रदेशको स्थिति के हुन्छ भन्ने विषयमा प्रदेशसभामा रहेका दलहरुले आवश्यक छलफल गर्छौं । नेताहरुसँग पनि आवश्यक परामर्श गरेर प्रदेशमा स्थिर र स्थायी प्रकृतिको सरकार दिने पक्षमा हामी छौं ।’ उनले अहिले हिक्मत कार्कीको नेतृत्वको सरकारसँग आरामदायी बहुमत रहेको कारण काँग्रेसलगायतका दललाई समेटेर सर्वदलीय सरकार बनाउनु पर्ने आवश्यकता पनि नभएको बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link