Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

१३ सहसचिवसहित २२ जना सीडीओको सरुवा (सूचीसहित)

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाण्डु। गृह मन्त्रालयले १३ सहसचिवसहित २२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।

गृहमन्त्रीको जिम्मेवारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसचिव र उपसचिवको सरुवा गरेका हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय सरुवा भएर आएका सहसचिव महादेव पन्थलाई मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै, सहसचिव मेखबहादुर मगरातीलाई जिल्ला प्रशासन कार्यालय पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जय कुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, वेदप्रसाद खरेललाई सल्यान, मदन कोइरालालाई प्युठान र रामकुमार महतोलाई जाजरकोटमा सरुवा गरिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link